Listen Nepali Songs

Know New

शिक्षक प्रतिको सम्मान

- सुरेन्द्र थापा: भारतका राष्ट्रपति राम नाथ कोबिंद आफ्ना शिक्षकको खुट्टा छोएर प्रणाम गरिरहेको यो तस्बिरले मन छोयो ।  देशको शीर्षथ  व्यक्तित्वले आफ्ना शिक्षकप्रति दर्शाएको  श्रद्धा र सम्मानले शिक्षण पेशामा लागेका व्यक्तिहरूलाई आफूले छानेको पेशाप्रति गौरवको अनुभूति गराउने छ । कतिपय

शिक्षक आफ्नो पेशा आर्थिक र सामाजिक दृष्टिले कमजोर भएको ठान्छन् । तर म शिक्षक पेशालाई सबै पेशाको मियोको रूपमा लिन्छु । शिक्षकको सानिध्यता पाएरै कोही कुनै उच्च पदमा पुग्छ । तर कतिपय मानिसहरू शीर्ष स्थानमा पुग्नु अगावै वा पुगेपछि आफ्ना शिक्षकहरूलाई  आदर र सम्मान गर्ने कुरा त परै राखौं , उहाँ मेरो शिक्षक हुनुहुन्छ भन्न पनि लाज मान्नु हुन्छ । अभिमान र घमण्डको शिक्षकले नरोपेको त्यो झारको बिउ उम्री हाल्दो रहेछ कसैकसैमा । यस्तो पनि हुन सक्छ कहीं कतै शिक्षक नहुनु पर्ने मान्छे शिक्षक भएर उसले पो रोप्यो कि त्यो झारको बिउ !  तर यो तस्बिरले  भन्छ शिक्षकको कर्म र प्रेरणा यति पवित्र र अब्बल छ  कि जसले राष्ट्रपति र प्रधानमन्त्री जस्ता शक्तिशाली व्यक्तिहरूको पनि मन, मस्तिष्क र हृदयमा प्रेरणा र श्रद्धाको बिउ सानैछँदा रोपिसकेको हुन्छ। कुनै कुनै शिक्षकहरूले आफ्नै पेशाप्रति गरेको घृणा देख्दा दुख लाग्छ । शिक्षकले आफू शिक्षक भएकोमा गर्व गर्नुपर्छ ।


No comments