कविता: बार्दली
शुभचन्द्र राई
बार्दली
समयले
प्रश्नहरूकाे पर्खाल लगाईदिएकाे थियाे ।
सिङ्गो घर छदैथियाे,
झ्याल, ढाेका, सिकुवा, छाना हुँदाहुदै,
कस्ले गरेकाे हाे याे बार्दलिकाे रचना ?
सग्लाे शरीर हुँदाहुदै ,
कस्ले बनायाे मुटुकाे संरचना ?
कस्ले लेख्याे प्रेमकाे विधान ?
कस्ले गर्यो आयू सहितकाे जीवनकाे परिकल्पना ?
उत्तर धेरै आए,
जिज्ञासा मेटियाे
फेरि अर्को विचार पलायाे,
बार्दलिकाे उपभाेग,
मुुटुकाे उपयाेग,
प्रेमकाे प्रयाेग,
जिन्दगीको सदुपयोग
कसरी गर्ने ?
जिन्दगी यति मात्र हैन,भन्दै
अझ लामाे बाच्ने आशा ,
अर्थपूर्ण जिउने अभिलाषा,
खुशि बनाउने प्रयास निरन्तर भईरहेकाे बेला,
एक्कासि
बार्दलिकाे उपयाेगिता सिद्ध भयाे
जब तिमी कपाल काेर्न निस्कियाै,
म घाम ताप्न निस्किएँ ।
तिमिले एकचाेटि हेरेर मुस्कुराई दियाै
म हेरिरहेरै हाँसिरहें।
सायद
अब मेटिनेछन् सबै प्रश्नहरुकाे उत्तर ।
मुटुकाे उपयाेग,
मायाकाे प्रयाेग,
जिन्दगीको सदुपयाेग,
कसरी गर्ने ?
उत्तर-बार्दलीसँगै रहेछ ।
No comments