Listen Nepali Songs

Know New

कविता: चिसोले हो कि मायाले...?

ममता अर्याल 

चिसोले हो कि मायाले...?


छाती दुख्छ 

त्यो पनि राति राति दुख्छ

चिसोले हो कि मायाले...?

मुटु दुख्छ 

कुटुकुटु दुख्छ

चिसोले हो कि मायाले...?

तिम्रो याद आउँछ

असाध्यै माया लाउछ

चिसोले हो कि मायाले...?

भोक लाउदैन

निद पटक्कै आउदैन

चिसोले हो कि मायाले...?

नाक र आँखा बाट पानी 

बगिरहेको छ

यो तन बाट जवानी 

बगिरहेको छ

चिसोले हो कि मायाले....?

ओठ हरु कामिरहेको छ

हातले मुटु छामिरहेको छ

चिसोले हो कि मायाले...?

आँखा सुनिए जस्तो हुन्छ

सास छुनिए जस्तो हुन्छ

चिसोले हो कि मायाले...?

कताकता अंगमा

चस्किएर सताउछ 

बेलाबेलामा शरीर 

झस्किएर सताउछ

चिसोले हो कि मायाले...?

एकैछिनमा स्या स्या हुने गर्छ 

निदाउन खोज्दा फ्याँ फ्याँ हुने गर्छ

चिसोले हो कि मायाले...?

लौन टाउको घुमाए जस्तो भयो 

हिजो खाएको खाना मुखै बाटो गयो 

चिसोले हो कि मायाले...?



No comments