कविता: धेरै कुराहरू छन नमिलेका मसँग
पुष्कर विष्ट
धेरै कुराहरू छन नमिलेका मसँग
--------------------------------------------
धेरै कुराहरु छन नमिलेका म सङ्ग
खुट्टाहरु बजाउदै हिड्छु
जोडजोडले आवाज निकालेर हाँस्छु
सूर्यको दशा र दिशा सङ्ग कुनै पर्वाह छैन मलाई
मेरो आफ्नै लय छ
आफ्नै भाव छ
आफ्नै आवाज छ
जो मिल्दै मिल्दैन तिम्रो उच्चस्तरको संस्कार सङ्ग ।
धेरै कुराहरु छन म सङ्ग नमिलेका
म मध्यरातमा एक्लै हिड्छु घरबाहिर
मनोरञ्जनको लागि छिर्न सक्छु डिस्को र पबहरूमा
झुम्न मन पराउछु ह्विस्की र सिग्रेटको नशामा
तिमीले अोगटिरहेको अलिकति स्थानमा पाइला टकेको न हुँ म
धेरै कुराहरु छन मसङ्ग नमिलेका
लजाउदिनँ लज्जावति झार जस्तै
मुस्कुराउदिनँ फूल जस्तै
खिल्खिलाउदिनँ पानी जस्तै
म सङ्ग धेरै कुराहरु छन नमिलेका
जस्तो कि समाजसङ्ग छन मलाई नमिल्ने धेरै कुराहरु
बधु शिक्षा छ
आगोको पाठशाला छ
रहरका पोकाहरु छन
नियमका पुलिन्दाहरु छन
हो म सङ्ग धेरै कुराहरु छन नमिलेका
म भत्काउदै हिडिरहेको छु तिम्रो आँखामा चट्ट मिलेको समाजको सोैन्दर्यलाई।
No comments