Listen Nepali Songs

Know New

वेदना राईको एउटा कविता

 

कवि कलाकार: वेदना राई 

हिउँदको 

झरिले छोएको 

सिरेटोलेझैँ कक्र्याउँछ मलाई 

म काँडाहरुको बिचमा उम्रदै गर्दा

मेरो आँखामा फुलेका लालुपातेहरुले!! 


त्यसैले त 

म रुँदा पनि आँसु होइन 

लालुपातेहरु बर्सिन्छन्!

गालामा झापडकको डोब होइन 

क्षितिजसम्मै पुग्ने गन्तव्य छापिन्छन्!! 


त्यसैले त

हाम्रोतिर बिहानै 

अठोटहरु उदाउँछन्,

सपनाको  रङ्गमा गाढा 

रातोमा हरियो मिसिएको हुन्छ!! 


-वेदना


No comments