Listen Nepali Songs

Know New

परिपक्व (Mature) व्यक्तिका प्रमुख गुणहरू ।

 

परिपक्व ( Mature ) व्यक्तिका प्रमुख गुणहरू ।
१. स्थिर स्वभाव ( stable nature) :
यिनिहरु स्थिर स्वभावका हुन्छन । सानो कुरामा मात्तिने र सानो कुरा आत्तिदैनन। केटाकेटी जस्तो सानो कुरामा खुसी र , सानो समस्यामा दुखि हुदैनन ।
२. धैर्यता ( Patience) :
यिनिहरु धैर्यवान हुन्छन । धैर्यता नै जिवनको सफलता हो भन्ने बुझेको हुन्छन तसर्थ "तात्तातो खाउ, जलि मरिजाउ " गर्दैनन ।
३. निर्णयमा अडिग( decision) :
यिनिहरु आफ्नो निर्णयमा अडिग रहन्छन । निर्णय लिन हतार गर्दैनन तर एकपल्ट निर्णय गरिसके पछि छिन छिनमा निर्णय बदल्दैनन । आफुले गरेको निर्णयलाई सहि साबित गर्न कुनै कसुर बाकी राख्दैनन ।
४. प्रतिकृया ( reaction) :
कुनै पनि बिषयमा तत्कालै प्रतिकृया दिदैनन , भलै आफुमाथि अन्याय भएता पनि उचित समय र मौकाको पर्खाईमा हुन्छन ।
५. बचनको पक्का (words) :
यिनिहरु आफ्नो बचनको पक्का हुन्छन । आफुले बोलेको कुरा पूरा गर्न उद्दत हुन्छन । दुई जिब्रे कुरा गर्दैनन । छेपाराले रङ्ग फेरे जस्तो रङ्ग फेर्न जान्दैनन ।
६. परिवर्तनशिल ( changeable):
परिपक्व व्यक्तिहरु समय, परिस्थिति एवम बाताबरण अनुकुल आफुलाई तयार राख्न सक्छन । जस्तो सुकै बाताबरणमा समेत आफुलाई योग्य (Fit ) राख्न सक्छन ।
७. धारणा ( Judge) :
परिपक्व व्यक्तिली कुनै पनि ब्यक्ती वा बिषयबस्तु माथी झट्ट Judge गर्दैनन ।आखाले देखेको अनि कानले सुनेको सबैकुरो सधै सत्य हुदैन भन्ने यिनिहरुले बुझेको हुन्छन । तसर्थ आफुले राम्रो सङ्ग अध्य्यन नगरी कुनै बिषय माथी आफ्नो धारणा बनाउदैनन ।
८. दुरदर्शि ( Future) :
परिपक्व व्यक्तिहरु दुरदर्शी हुन्छन । कुनै पनि कुराको Long term effect को बारेमा सोच्ने गर्दछन । क्षणिक खुसी भन्दा पनि दिर्घकालिन सफलताको लागि काम गर्दछन ।
९. प्रसंशा ( Admire) :
प्रसंशा मन पराउदैनन , या भनौ प्रसंशाको भोखो हुदैनन । अरुले गरेको झुटाे प्रसंशामा मख्ख हुदैनन । प्रसंशा भन्दा पनि आलोचना सुन्न मन पराउछन ।
१०. समयको पालना ( Time) :
समय बलवान छ । " Time and tide waits for none" तसर्थ समयले कसैलाई पनि पर्खदैन । यस्ता ब्यक्तिहरुले समयलाई आफ्नो साथी बनाई समय अनुसार चल्ने गर्दछन ।
११. सम्बन्ध (Relation) :
Mature ब्यक्तिले सम्बन्धलाई जोडी सकेपछी सित्तिमित्ती तोडने गर्दैनन। सम्बन्धमा समस्या आयो भने समाधानको बाटाे खोज्ने गर्दछन न कि सम्बन्ध तोडने । उनिहरुलाई थाहा छ "तोडनु भन्दा जोडनु" नै हित छ भन्ने ।

No comments