Listen Nepali Songs

Know New

आतंकवाद (Terrorism)


आतंकवाद

आतंकवाद (Terrorism)

१. अर्थ
मानिसहरूलाई डर, त्रास, धम्कीको माध्यमबाट आतंकित पार्ने वा सरकार, राजनीतिक दलहरू र समूहलाई हिंसात्मक क्रियाकलापको माध्यमबाट चुनौती सिर्जना गर्ने संगठित अपराधको रूपमा आतंकवादलाई लिइन्छ । Terrorism is the systemic use of terror (wikipedia) यसलाई Unlawful violence and war का रूपमा पनि लिने गरिएको छ ।
Terrorism का विषयमा UN General Assembly ले टिप्पणी गर्दै सन् १९९४ मा भनेको छ "Criminal acts intended or calculate a group of persons or particular person for political purpose are in any circumstance unjustifiable." अर्थात् त्यस्तो अपराधिक कार्य जसले राजनीतिक उद्देश्यका लागि सामान्य नागरिक समूह वा कोही व्यक्तिलाई आतंकित पार्दछ त्यो कुनै पनि हालतमा न्याय संगत हुन सक्दैन ।
निहित वा राजनीतिक स्वार्थका लागि मानिसहरूलाई त्रसित पार्ने, वसमा लिने, नियन्त्रित गर्ने, सार्वजनिक स्थानमा हिंसात्मक कार्य गर्ने संगठित क्रियाकलाप नै आतंकवाद हो ।

२. आतकंवादका विशेषता
– आतंक सिर्जना गरी राजनीतिक वा गैर राजनीतिक उद्देश्य पूरा गर्न खोजिन्छ ।
– हिंसात्मक गतिविधि वा हिंसाको चेतावनी दिने ।
– सामान्य मानिसहरू समेत प्रभावित हुने ।
– सुरक्षा चुनौती सिर्जना गर्ने ।
– राजनीतिक र उच्च पदस्थ व्यक्ति, ठूला व्यवसायिक संस्थाहरूलाई लक्षित गरिने ।
– प्रचारात्मक शैली अवलम्बन गर्ने ।
– भूमिगत ढंगले काम गर्ने ।

३. आतंकवादका प्रकारहरू (Types of Terrorism)
(क) सामाजिक अराजकता (Civil Disorder) : कुनै सार्वजनिक स्थलहरूमा बम विस्फोट गर्ने, कसैलाई आक्रमण गर्ने, आक्रमणको हल्ला चलाउने र यसबाट सर्वसाधारणलाई प्रभावित बनाई राज्यको शान्ति सुरक्षालाई चुनौती सिर्जना गरिदिने ।
(ख) राजनीतिक आतंक (Political Terror) : कुनै हवाईजहाज, पानी जाहाज नियन्त्रणमा लिने, अपहरण गर्ने, मानिसहरूलाई बन्धक बनाउने र त्यसको मुक्तिको लागि राजनीतिक माग अघि सार्ने, राजनीतिक व्यक्तिलाई अपहरण गर्ने र राजनीतिक उद्देश्य पूरा गर्ने । फरक दृष्टिकोण भएका राजनीतिक दल वा तिनका नेतालाई आक्रमण गर्ने, हत्या गर्ने र आफ्नो वर्चस्व सावित गर्ने प्रक्रिया राजनीतिक आतंक हो ।
(ग) आर्थिक आतंक (Financial Terrorism) : गोप्य, भूमिगत रूपले आर्थिक चन्दा असुल गर्ने सो को लागि मानिसलाई बाध्य बनाउने, बैंक, वित्तीय संस्था लुटपाट गर्ने, उद्योग व्यवसाय कब्जामा लिने र आर्थिक स्वार्थ पूरा गर्ने ।
(घ) धार्मिक आतंक (Religious Terrorism) : अति उग्रवादी धार्मिक सोच राख्ने, कुनै धर्म पालना गर्न जवरजस्ती लगाउने, अन्य धार्मिक संस्थामा आक्रमण गर्ने वा धर्मको नाउँमा हिंसा मच्चाउने कार्य धार्मिक आतंकवाद हो ।
(ङ) जातीय आतंक (Ethnic Terrorism) : फरक जातका मानिसहरूको अस्तित्व नस्विकार्ने, अर्को जातिको हिंसा गर्ने वा हिंसा फैलाउने, कुनै बसोबासको क्षेत्रबाट लखेट्ने साम्प्रदायिकता फैलाउने कार्य ।
(च) राज्य आतंक (State Terrorism) : कतिपय ठाउँमा राज्यले नै आतंक सिर्जना गर्दछ । अति निरंकुश (Totalitarian) शासन भएको देशमा तानाशाहले फरक विचार र धारणा भएका मानिस वा शासन व्यवस्था विपरित कार्य गर्नेलाई हिंसाको माध्यमबाट नियन्त्रण गर्ने वा समाप्त गर्ने शैली अवलम्बन गर्दछन् । मानव अधिकार (Human rights) को वेवास्ता गरी नरसंहारका कार्य समेत गरिन्छ । यसलाई राज्य आतंक (State terrorism) भनिन्छ ।

४. आतंकवाद र नेपाल
– नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले सदैव आतंकवाद नियन्त्रणको दिशामा आवाज उठाएको छ । आतंकवाद विरोधी संयुक्त राष्ट्रसंघीय प्रस्तावहरूमा नेपालले समर्थन जनाएको छ ।
– नेपाललाई कुनै पनि आतंकवादी शक्तिको लागि Shelter बन्न नदिने नेपालको सुरक्षा नीति रहेको छ । कुनै पनि छिमेकी राष्ट्रविरुद्ध हुने आतंककारी गतिविधिका लागि नेपालको भूमि प्रयोग हुन नदिने नीति नेपालले अख्तियार गरेको छ ।
– आतंकवाद विरुद्धको SAARC स्तरीय प्रस्ताव नेपालले पारित गरेको छ । तेस्रो सम्मलेनबाट नै SAARC क्षेत्रमा हुने आतंककारी गतिविधि विरुद्ध सदस्य राष्ट्रहरू ऐक्यबद्ध हुनुपर्ने कुरामा नेपालले जोड दिएको छ ।
– BIMSTEC राष्ट्रहरूको सम्मेलनमा समेत आतंकवाद नियन्त्रणका लागि सदस्य राष्ट्रबीच सहयोग आदान—प्रदान गर्ने, सूचना प्रवाह गर्ने विषयमा सहमति भएको र सो विषयलाई नेपालले पनि स्वीकार गरेको छ ।
– आतंकवाद विरुद्ध सूचना संकलन, अनुसन्धान र कारवाहीको लागि साझेदारीलाई नेपालले जोड दिएको छ ।

५. आतंकवादलाई सामना गर्न अवलम्बन गर्नुपर्ने उपाय
(क) कानूनी प्रबन्धहरू : आतंकवादलाई संगठित अपराधको रूपमा लिइन्छ । यस उपर कडा कारवाही हुन सक्ने गरी कानूनी प्रबन्ध हुनुपर्दछ ।
(ख) संस्थागत क्षमता : आतंकवादका विषयमा जानकारी राख्ने, सूचना प्राप्त गर्ने, त्यस उपर अनुसन्धान गर्ने र सशक्त प्रतिकार गर्ने विशिष्ट क्षमता आवश्यक पर्छ । यसका लागि Anti-terrorism unit गठन गर्ने र त्यसमा तालीम प्राप्त Security personnel समावेश गर्नुपर्दछ । आवश्यक साधन स्रोतको व्यवस्था समेत यस्तो संस्थामा हुन जरुरी छ ।
(ग) सूचना संजाल (Information network) : आतंककारी गतिविधिको विषयमा जानकारी एवम् सूचना प्राप्त Intelligence body को सक्षमता आवश्यक हुन्छ । साथै अन्तर्राष्ट्रिय सूचना (Cross border information) आदान—प्रदान पनि त्यतिकै आवश्यक पर्दछ ।
(घ) नागरिक सचेतता (Public awareness) : आतंकवादी गतिविधिको विषयमा नागरिक सचेतता (Awarness) सजगता (Alertness) र जनमत निर्माण (Public support) आवश्यक हुन्छ ।

६. आतंकवादमा लगानी
आतंकवादी संस्थालाई तिनका क्रियाकलाप संचालन गर्न आर्थिक सहयोग पु¥याउने कार्य हो आतंकवादमा लगानी ।
आतंकवादी सञ्जालसँग आबद्ध व्यक्ति वा संस्थाहरूले विभिन्न अवैध धन्दा संचालन गरी कमाएको रकम आतंकवादीको हातमा पु¥याइरहेका हुन्छन् । जुन आतंकवादमा लगानी हो । भ्रष्टाचार, लागू औषध कारोबार, मानव बेचबिखन, हतियारको गैर कानूनी कारोबारबाट प्राप्त रकम आतंकवादी संस्थासम्म पु¥याइनुलाई आतंकवादमा लगानी भन्ने गरिन्छ ।
सम्पत्ति शुद्धिकरण (Money Laundering) र आतंकवादमा लगानीलाई आजभोली जोड्न थालिएको छ । विभिन्न देशमा आतंकवादी संस्थाहरूकै अप्रत्यक्ष संलग्नतामा सम्पत्ति शुद्धिकरण हुन थालेको र सो पैसा आतंकवादी क्रियाकलापमा खर्च हुन थालेकोले यसलाई ज्यादा चासोका रूपमा हेर्ने गरिन्छ ।

७. आतंकवादमा लगानीलाई निरुत्साहित गर्न मिलाइएका प्रबन्धहरू
अन्तर्राष्ट्रिय तहमा
संयुक्त राष्ट्र संघीय International Convention for the Suppression of the financing of terrorism 1999 मा सबै सम्झौता गर्ने देशहरूले आतंकवादमा हुने लगानी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्ने भन्ने उल्लेख छ ।
– UN अन्तरगत Counter Terrorism Task Force को गठन गरी आतंकवादमा भएको लगानीको अनुसन्धान गर्ने व्यवस्था छ ।
– अमेरिकाले सन् २००१ मा Patriot Act जारी गर्दै आतंकवादमा हुन सक्ने लगानीलाई निषेध गर्न सम्पत्ति शुद्धिकरण नियन्त्रणको व्यवस्था गरेको छ । साथै Terrorist Finance Tracking Program समेत घोषणा गरेको छ ।
– जर्मनीले सन् २०१० मा आतंकवादी संस्थामा लगानी गरेका भनिएका संस्थालाई प्रतिबन्ध लगायो ।
– अष्ट्रेलियाले सन् २००९ मा विभिन्न संस्थाहरूको कारोबारको प्रतिवेदन (Financial Transaction Report Analysis Centre) अध्ययन केन्द्र नै स्थापना ग¥यो । २०१४ मा अन्तर्राष्ट्रिय आतंकवादी संस्थालाई रकम पठाउने बैंकलाई कारवाही ग¥यो ।
– सन् २००३ मा आतंकवादमा समेत लगानी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै UN अन्तरगत Anti-Money laundering Convention नै भयो ।
राष्ट्रिय तहमा मिलाइएका प्रबन्धहरू
– नेपालले पनि सम्पत्ति शुद्धिकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिलाई अनुमोदन गरी विश्वसँगै एकाकार भएको छ ।
– नेपाल राष्ट्र बैंकमा Terrorist Financing लाई सूक्ष्म रूपमा अध्ययन गर्न र आर्थिक कारोबार विश्लेषण गर्न छुट्टै इकाइको व्यवस्था गरिएको छ ।
– हाल विभिन्न बैंकहरूले आतकंवादमा हुने लगानी रोक्न खातावालाहरूको पूर्ण विवरण लिने गरी KYC लागू गरिसकेका छन् ।
– नेपाल प्रहरीमा Counter-Terroism Cell गठन गरी आतंकवादमा हुन सक्ने लगानीको अनुसन्धान गर्ने व्यवस्था गरिएको छ ।
– नेपालमा पनि सम्पत्ति शुद्धिकरण विभाग स्थापना गर्दै आतंकवादमा हुन सक्ने लगानीको अनुसन्धान गर्ने गरिएको छ ।
उल्लेखित प्रबन्धहरू आतंकवादमा हुने लगानी नियन्त्रणका लागि सफल पनि मानिएका छन् । अन्य धेरै देशहरूले आ—आफ्नो कानूनमा व्यवस्था गरी वा संस्थागत प्रबन्ध गरी यस्तो गैर कानूनी कार्य नियन्त्रणका प्रयास गरेका छन् ।

No comments