Listen Nepali Songs

Know New

 


नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काको दुई वटा परिचय छ । राजनीतिसँगै समाजसेवाको क्षेत्रमा पनि परिचित छन् उनी । उनले सहयोग गरेका विपन्नहरूको संख्या ठूलै छ इलाममा ।

खड्काले खास गरेर बिरामी परेका असहायहरूको उपचारमा सहयोग पु¥याउँदै आएका छन् । कोरोना महामारी कालमा गरिब र निमुखाहरूलाई मन खोलेर सहयोग गरेको उनी बताउँछन् ।

नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भए । २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।

त्यसपछि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति निर्वाचित भएका उनी २०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा रहने नै भए । त्यसक्रममा उनी प्रहरी दमनमा पनि परे ।

इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्काको राजनीतिक जीवन यो साल सबभन्दा रोमाञ्चक बनेको छ । दुई वटा संविधानसभामा अध्यक्ष रहिसकेका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विरुद्ध पार्टीले इलाम–२ मा उतारेपछि उनी जीवनमा पहिलो पटक सांसद बन्ने रोमाञ्चक माथापच्चीमा छन् ।

खड्काको यो पहिलो संसदीय प्रतिस्पर्धा हो भने नेम्वाङको लगातार पाँचौं पटक जित्ने प्रयास । चौथो जितमा नेकपा (माओवादी केन्द्र)को पनि साथ पाएका नेम्वाङ यसपालि एक्लो एमालेको भरमा छन् भने खड्कालाई सत्ता गठबन्धनको साथ छ ।

गठबन्धनको बलबाहेक स्वच्छ व्यवसाय र समाजसेवाको क्षेत्रमा बनाएको छविका कारण पनि यसपटक ‘हेभिवेट’लाई हराउन आफू सफल हुने उनको दाबी छ ।

त्यसो त उनी २०७४ मा पनि इलाम–२ (क) बाट प्रदेश सभामा कांग्रेसको उम्मेदवार थिए । वाम गठबन्धनको तर्फबाट उठेका एमालेका राम रानासँग उनी पराजित भएका थिए ।  

चुनावी अंकगणित

गत स्थानीय चुनावमा इलाम–२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् । कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाले १३० मत पाएका छन् ।

यस हिसाबले एमालेको ३२ हजार ५२७ विरुद्ध गठबन्धन दलको कुल मत ३६ हजार ५२६ हुन आउँछ । यो क्षेत्रको प्रदेश सभा सदस्यको दुई सिटमध्ये कांग्रेस र माओवादीले एक–एक सिट लिएकाले गठबन्धनको सहकार्य बलियो नै हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार इलाम–२ मा खड्का बढी अनुकूलतामा रहेको प्रष्टै छ । गठबन्धन दलहरूको मत मात्र सुरक्षित राख्न सके उनका लागि संघीय संसदको ढोका खुल्ने अवस्था छ ।



No comments