कविताः स्पर्श - रेणु दुमि
कविः रेणु दुमि |
स्पर्श
बिहानीको
चिसो सिरेटोले
कलिला पातमा नुहिएका शीतका थोपाहरु
हृदयभरी तल्लीन मनोभावलाई
तुप्लुक्क झरी स्पर्श गर्दा
फिजाउँदै लामा प्वाँखहरू
बनाउँदै गहिरो परिधि
हानेर वेग,
भेटेर लुपुक्क परी
तिम्रो पास परुँ...
आवाजका सुस्केराहरुमा
हराएका भाका टिपि
तथ्य गणितीय कोणको मान
तयार पारुँ...
लाग्छ
ती हल्लिरहेको पिपलको पातहरुले
मलाई नै बोलाए जस्तो,
कल्पनाका वेगहरुले तिमिलाई
नै छोए जस्तो,
बनाएर एक सालिक ती बिम्बलाई
भित्तामा टाँसु जस्तो,
उफ...
यो प्रेम हो कि स्नेह ?
मुसुक्क मुस्कानमा मख्ख परी
भेट्न खोज्दैछु जीवनका लयहरू
चिहाउँछु झ्यालबाट
रमाउँछु मनबाट
अनि
डराउँछु तिम्रो स्पर्शबाट
No comments