Listen Nepali Songs

Know New

SEE नतिजा र एउटी आमाको त्याग

एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने - खिर बनाउ आज ! स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।

आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन - खै मलाई पनि देखाउनुस न ! म पनि मेरो छोराको रिजल्ट हेरौं ।
यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो - बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ ? के यिनले यो पढ़न सक्छिन? यिनी त अनपढ़ हुन ।
अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर बनाउन भान्साकोठा गईंन ।
यो सबै बुबाले हेरेर भने - हो छोरा, तैले एकदमै सही भनिस । तेरि आमा अनपढ़ छे ।
जब
हाम्रो बिहे भएको तीन महिना भित्र नै तेरी आमा गर्भवती भएकी थिइ,
मैंले सोचे - बिबाहपछि काहिँ घुम्न गएका थिएनौं । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं । हिड, यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा !
तर तेरी आमाले जोड़ दिएर भनिन - घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमैसंग हुँदै जान्छ ।
त्यसपछि तेरो जन्म भयो । ऊ अनपढ़ थिई । जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैनथ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथी किनकी तेरी आमा अनपढ थिइ ।
तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों । त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता र डिम्बा बनाउँथी, किनकी ऊ अनपढ़ थिई ।
जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी । रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथी, किनकी ऊ अनपढ़ थिई ।
सानै देखि तँ धेरै समय बिमार रहन्थिस त्यतिबेला ऊ रात भर जागेर पनि बिहानचाँडै उठ्थी र काममा लाग्थी किनकी छोरा ऊ अनपढ़ थिई ।
तेरो लागी ब्रान्डेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै साड़ीमा रहन्थी किनकी ऊ अनपढ़ थिई ।
छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन, उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन । तर तेरी आमाले आज सम्म कहिल्यै हेरिनन, किनकी ऊ अनपढ़ हो ।
उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थी, त्यसैले म गर्वको साथ भन्छु - तेरी आमा अनपढ़ हो ।
यो सब बुबाको मुखबाट सुनेर छोरो रुँदै आफ्नै आमालाई अंगालो हाल्दै भन्छ - आमा मैले त कागजमा ९०% अंक ल्याको हो । तर तपाईं मेरो जीवनलाई १००% बनाउने वाली पहिलो शिक्षक हुनुहुन्छ ।
आमा म आज पनि अशिक्षित छु र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफ्नी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकीलड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरें । मलाई माफ गर्नुहोस् आमा ।



No comments