कविताः पुरुष हराएको सूचना
कविताः पुरुष हराएको सुचना
गाउँको.....
कुनै अध्याँरो कुनामा स्थायी घर भई,
हाल शहरको उँज्यालोमा बस्ने
अन्दाजी २७-२८ बर्षका पुरुष
उज्यालो भबिस्य खोज्ने बाटो भुलेर हो
या,
हात समाई बाटो देखाई दिने कोहि नभएर हो,
उ बस्ने कोठाको ढोका बन्द भएको महिनौं भन्दा बढी भइ सक्यो !
बढेको मैलो र कैलो कपाल,
महिनौं नमिलाईएको दाह्री ,
काट्न बिर्सिएका हातका नङ ,
उचाइ पूरा गर्नु पर्ने बाध्यताझैँ उच्च,
फाट्न लागेको पुरानो Goldstar जुत्ता,
खाली तर सपना र जिम्मेवारीले भरिएको कालो झोला,
केही थान रहर,
केही थान इच्छा ,
केही थान खुशी ,
केही थान दु:ख,
केही थान असफलता र
केही थान ठूलो मान्छे बन्ने सपना बोकेर हराएको उ,
कसैले भेट्नु र देख्नु भयो भने,
नजिकैको भरोसा केन्द्रमा बुझाई दिनु होला,
उसलाई सुनाई दिनु..
भरोसा राख्ने हरुनै, यो स्वार्थी शहरमा अगाडि देखा पर्ने गर्छन् !
उस्लाई सुनाई दिनु
आँट र साहस बटुल्दै अघि बढ्नेहरू नै
यो दुनियाँमा अग्रपंक्तिको रेखा तिर देखा पर्ने छन्,
उसलाई सुनाई दिनु
आकाश छुने सपना देख्नेहरू
बन्द कोठामा कैद भई बस्दैनन् भनी,
उसलाई सुनाई दिनु
एउटै सानो कोठामा किचेन र्याक, खुट्टे खाट,
सकिन लागेको ग्यासको सिलिन्डर ,
पानी भर्ने केहि निला जार,
यत्रतत्र छरिएका किताब र प्रमाणपत्र ,
भित्तामा अड्याइएका पुराना कपडाहरुले नै
राम्रो घर मात्र हैन,
आलिसान महल बनाउने कठोर सपना देखाउछन् भनी ,
उसलाई सम्झाई दिनु
आफैमा हराउनु भनेको ,
असफल भई नासिनु हो भनी,
उस्लाई सम्झाई दिनु
उसको नाम,
उसैको थर,
उसको शीरमा आएको परिवार प्रतिको कर्तव्य ,
उसले बिराएका बाटाहरू,
बिर्साई दिनु अतित ,
सम्झाई दिनु अतितले सिकाएका पाठहरू,
देखाई दिनु बाटाहरू
No comments