Listen Nepali Songs

Know New

जङबहादुरको उदय |

 जङबहादुरको उदय |

असोज २ को मध्यरात कोतको पटाङिनिमा १-२ जनाको हत्या हुनासाथ माथी कोठामा महारानी समक्ष निश्चित आज्ञा प्राप्त गर्न गएका जङबहादुरलाई उत्तेजित महारानीले मेरा शत्रुलाई सखाप पार भनी अधिकार प्रदानको तत्कालिन पञ्ज-पत्र नियम अनुसार त्यहाँ बलिरहेको बत्ती को ध्वासो हातमा दलेर जङबहादुरलाई प्रधानमन्त्री र प्रधानसेनापती पदमा बहाली गरेको कागजमा छाप लगाइदिइ नेपालको राजनितिमा जङबहादुरलाई शक्तिसम्पन्न गराइएको थियो ।
कान्छी महारानी लक्ष्मीदेविका बिश्वासपात्र गगनसिंहको रहस्यमय हत्यापछी हत्याराको खोजी का लागी गरिएको भारदारहरुको जमघटमा स्थिती बिग्रदै जाँदा कोतको पटाङिनी युद्धस्थल बन्न पुगेको थियो । महारानीले आफ्ना छोरा रणेन्द्रबिक्रमलाई राजगद्दिको उतरअधिकारी बनाउने योजनालाई बुन्दै गर्दा पनि यो हत्याकाण्ड हुन पुगेको थियो ।
हत्याकाण्डको भोली पल्ट प्रधानमन्त्री र प्रधानसेनपती भएबापत बिस स्वर्ण-मुद्रा नजर चढाइ जङबहादुर नियमानुसार श्री ५ महाराजाधिराज राजेन्द्रको दर्शन गर्न गए । हत्याकाण्डको बिरोधमा रहेका श्री ५ राजेन्द्र महारानीको आज्ञाले यो सब भएको उत्तर जङबहादुरबाट पाउदा तत्काल महाराज र महारानी बिच ठुलो खटपट सिर्जना हुन पुगेको थियो । महारानीले अझ स्पष्ट भनिन कि आफु तर्फका जेठो छोरा रणेन्द्रबिक्रम शाह लाई राजगद्दिमा राखिएन भने शिघ्र नै अर्को हत्याकाण्ड हुनेछ, त्यसको तुलनामा गतरातको रक्तपात नगण्य ठहर्नेछ ।
तत्कालिन बडाहाकिम बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो । सुबेदारको पदमा रही सरकारी नोकरी सुरु गरेका जङबहादुर पढेलेखेका बिद्वान नभए पनि आफ्नै बलबुतामा अनेकौ परिस्थितिको सामना गर्न क्षमतावान ब्यक्तित्वको रुपमा इतिहासमा परिचित छन ।



No comments