Listen Nepali Songs

Know New

अशोक स्तम्भको छोटो कथा

 सय बर्ष अगाडी लुम्बिनीमा रहेको अशोक स्तम्भको अवस्था ।


ईसा पूर्व ६२३ मा बुद्धको जन्म लुम्बिनीमा भएको ईतिहास ईसा पूर्व २४९ मा सम्राट अशोकको आगमन पछि राखिएको अशोक स्तम्भले प्रमाणित गरायो । त्यस पछि बिभिन्न समयमा बिभिन्न भिक्षु तथा श्रद्धालुले लुम्बिनीको भ्रमण गरे । चौथो शताब्दीमा Seng-Tsai र Fa-Hsien, सातौ शताब्दीमा Hsuan-Tsang ले भ्रमण गरेका थिए भने चौधौ शताब्दीमा राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेको प्रमाणहरु भेटिएको छ । यसरी समय समयमा बिभिन्न ब्यक्तित्वले भ्रमण गरेको भए तापनि जंगलमा बिलुप्त रहेको यो स्थानमा बि.सं. १९५२ मा पाल्पाका बडाहाकिम खड्कशम्शेरको अनुमतिमा उनकै साथ अन्वेषणमा पुगेका पुरातत्ववेद Alois Anton Fuhrer नआएका भए शायद रहस्यमा नै रहन सक्थ्यो । बि.सं. १९७६ मा केशर शम्शेरले यस स्थानको भ्रमण गर्नुका साथै यस स्थानमा रहेको जंगल फडानी गराई सुरक्षित गर्ने प्रयासको थालनी गरेका थिए । पछि संयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमण पछि लुम्विनी विकास परियाेजनाको थालनी भयो । २०५३ बाट विश्व सम्पदा सूचीमा सूचिकृत हुन पुग्यो ।



No comments