Listen Nepali Songs

Know New

ज-ज रेलवेको छोटो इतिहास

 यो जयनगर -जनकपुर खण्डमा सञ्चालन हुन लागेको ट्रेन सेट हो । नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६-६७ बाटै सुरु भएको हो। रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेपछि भारतको जयनगर र नेपालको जनकपुर जोड्ने ३५ किलोमिटर रेलसेवाको प्रकृया अघि बढेको थियो । जयनगरदेखि जनकपुर खण्डमा यही बर्षको दशैं अघि नै रेल संचालनको तयारी अनुरुप काम भईरहेको थियो र रेल चलाउन आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको थियो । नेपालमा रेलको दक्ष कर्मचारी नभएका कारण तयार भएका ट्रेन सेट पनि सीमापारि नै छन्, तस्विरमा भएको ट्रेन सेट त्यही नै हो ।

रेल सञ्चालन गर्नका लागि सरकारले गरेका दुईवटा रेल खरिद सम्झौता अनुरुप २०७५ चैतमा मन्त्रिपरिषद्ले कन्टेनर कर्पोरेसन अफ इन्डिया (कंकर), भारतीय रेलवेसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिदका लागि विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । नेपालले डेलिभरी गरिदिन पत्राचार गरेर मिति तय भए अनुरुप त्यसलाई नेपाल ल्याइन लागिएको हो । रेल सेवा सञ्चालनका लागि मुख्य प्राविधिक कर्मचारी लगायत २६ जना प्राविधिक भारतबाट दुई वर्षका लागि नेपाल आउनेछन्।



No comments