Listen Nepali Songs

Know New

बझाङी राजा रामजंग बहादुर सिंहको छोटो चर्चा

 बझाङ्गका राजा रामजंग बहादुर सिंह


करिव ५०० वर्ष राज्य गरेको बझाङ्गी राजाहरुमा राजा रामजंग बहादुर सिंह ५८औ राजा थिए । प्राय भारतको पिथौरागढमा बसोबास गर्ने हुँदा समय समयमा भारतीयको उक्साहतमा नेपाल सरकार बिरुद्ध पनि कदम चाल्ने गर्दा राजा महेन्द्रको समय भारत निर्वासनमा रहन गएका थिए ।
बझाङमा आपसी पारिवारिक विवाद हुन थाले पछि वीरशम्शेरले पृथ्वीबहादुर सिंहलाई राज्यारोहण गराइदिएका थिए । शिक्षा प्रेमी तथा मानवतावादी पृथ्वीबहादुर सिंहको पनि सत्ता खोसेर राणाहरुले देवीजंग बहादुर सिंहलाई राजा बनाए । यिनै देवीजंग बहादुर सिंहको बिसं १९९५ मा मृत्यु भए पछि उनका जेठा छोरा रामजंग बहादुर सिंह ५८औ राजा बनेका थिए ।
२०१७ सालमा बनेको नयाँ कानुनले राज्य तथा रजौटा उन्मुलन भए पनि बझाङ सहित केही रजौटाले भने मान्यता पाएको थियो । तर राज्य भने उन्मुलन गरिएको थियो । तर बझाङका राजा तथा युवराज ओमजंग बहादुर सिंह भने यसको विरोधमा रहे । आफ्नो राज्यको कानुनी अधिकार नेपाल सरकारले खटाएको न्यायाधिश उत्तमकुमार पोखरेललाई राज्यको कागजात नबुझाइ बिद्रोह गरेका थिए । यसपछि बडाहाकिम बद्रिप्रसाद थपलियाले पक्राउको तैयारी गरे ।
राजा रामजंग बहादुर सिंह भने भारत पिठौरागढमा रहेको हुँदा उतैबाट काठमाडौ पुगेर पत्रकारलाई जानकारी गराउन तैयारी गरिरहदा पक्राउ परे । उता ओमबहादुर सिंह भने प्रहरीको घेराबन्दीबाट भागेर लटिनाथको ओढारमा लुकेको अवस्थामा उनलाई २०१९ असोज १७ मा सेनाले गोली हानेर हत्या गरे । उनको साथ बिद्रोहमा सहयोग गर्ने अन्यको पनि राज्यविद्रोहको आरोपमा सेनाले हत्या गरेको थियो ।
यता कैदमा रहेका राजा रामजंग बहादुर सिंहले भारत निर्वासनमा रहने अनुमति पाए पछि भारत लागेका थिए । पछि उनको भतिजा दिपकजंग बहादुर सिंहलाई बझांगको राजा बनाइयो र राजा महेन्द्रले आफ्नो छोरी अधिराजकुमारी शान्ती राज्य लक्ष्मीको बिबाह दिपकजंग बहादुर संग गराइ दिए । जसले गर्दा रामजंग बहादुर सिंहले नेपाल फर्कने अनुमति पाए ।
यहाँ राखिएको तस्विर तिनै बझांगी पूर्व राजा रामजंग बहादुर सिंहको भारत निर्वासनबाट फर्कदा बझाङको बन्नीमा खिचिएको तस्विर हो ।



No comments