Listen Nepali Songs

Know New

विराटनगरको कथाहरु

 बिराटनगरलाई पहिले गोग्राहा बजार भनेर चिनिन्थ्यो । बि.सं. १९७० मा वडाहाकिम जीतबहादुर खत्रीले रङ्गेलीमा भएका प्रमुख सरकारी कार्यालयहरूलाइ गोग्राहा बजारमा स्थानान्तरण गराए । यसरी ब्यबस्थित भएको गोग्राहा बजारलाई महाभारतकालीन बिराट राजाको नगरको मान्यता र ऐतिहासिक महत्व दिदै बि.सं. १९७६ मा केशरशम्शेरले यस शहरको नाम बिराटनगर राखिदिए । हुन त बिराटनगर भन्नाले ठूलो शहर भन्ने पनि बुझाउछ ।


बि.सं. २००३ फागुन २१ गते राणा विरोधी पहिलो आन्दोलन बिराटनगर जुट मिलमा हडतालबाट शुभारम्भ भएको थियो । त्यसरी शुरू भएको राजनैतिक अभ्यास पछि सम्म कायम रह्यो । नेपालको पहिलो रेडियो पनि भोज।पुरबाट स्थानान्तरण गरि यहाबाट प्रसारण भएको थियो । जसलाई प्रजातन्त्र पछि राजधानीमा सारे पछि रेडियाे नेपाल नामाकरण भयो । यहि शहरको कृष्णप्रसाद काेइरालाको तीनवटै छोरा देशको प्रधानमन्त्री बन्न सफल भए ।
बिराटनगर एक अर्को घटनाले पनि निकै प्रख्यात छ । त्यो हो बिराटनगर जहाज अपहरण काण्ड । २०३० जेठ २८ गते नेपाल राष्ट्र बैक, बिराटनगर शाखाबाट काठमाडौको लागी पठाइएको रू तिस लाख भारतीय रूपैया बोकेर उडेको ट्वीनअटर विमान १० मिनेटमा नै अपहरण गरी भारत बिहारको फारबेसगंज पुरयाइ रकम लुटियो । यस घटनामा नेपाली कांग्रेस आबद्ध बसन्त भट्टराइ, दुर्गा सुवेदी र नगेन्द्र प्रसाद ढुंगेलको प्रत्यक्ष संलग्नता थियो भने डिजाइनरमा चक्र वास्तोला र गिरीजा प्रसाद काेइरालाको संलग्नता थियो । विनोद अर्याल, शुशिल कोइराला, मनहरी बराल, राजेन्द्र दाहाल तथा विरू लामाको सहयाेगमा लुटिएको रकम दार्जीलिङ सम्म पुरयाउने काम भयो । यसलाई गौरवकाे रूपमा होइन कांग्रेसको पतित सोचको रूपमा लिनुपर्छ ।
अहिले पनि बिराटनगर देशको राजनैतिक र ब्यापारीक अखडाको रूपमा प्रख्यात छ ।



No comments