Listen Nepali Songs

Know New

ऋषिपञ्चमी

 सन १९७० को दशकमा ऋषिपञ्चमीको अवसरमा वागमती मा स्नान गर्दै महिलाहरु||

शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ। उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ।
पौराणिक कथन  
पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् तीबाट मुक्ति पाउनका लागि यसको ब्रत गर्दछन। श्रीमद्भागवत, गरुड पुराणलगायत अन्य पुराणहरूमा लेखिएअनुसार देवराजा इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। प्रसङ्गअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्यो। त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो- (१)अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा),(२)नदी(वर्षाकालको गाँज र मैलोयुक्त पानी), (३)पर्वत(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र (४)स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)। अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ।


No comments