Listen Nepali Songs

Know New

नछुङ विजुवा विद्या

 

यो संसारको प्राचिन मानव सभ्यताको विकास संगसंगै र मानव सभ्यताको विकास पुर्व प्राचिनकालमा जब यो संसारमा (Science विज्ञान र Religion धर्मको)अस्तित्व हुनु भन्दा अगाडि जंगलीयुग/शिकारीयुग/कृषियुगमा हाम्रो पुर्खाहरुले प्राकृतिक जीवन पद्धती अपनाऊदै आईरहेका थिए।त्यसरी पुर्खाहरुले प्रकृतिसंग नजिक रहेर जीवनयापन गर्दै जादा यो भौतिक संसार भन्दा अर्को संसार पनि छ त्यो हो Spiritual World भनेर धामी/झाक्री/Shamanism संस्कृतिको विकास गरे।
यो नछुङवाद/माङ्पावाद/फेदाङ्मावाद संस्कृति भनेको प्रकृतिसंग नजिक रहने जीवन पद्धति हो।यो प्रकृतिसंग नजिक रहने यस्तो प्राकृतिक जीवन पद्धतिमा नै आनन्द शान्ती र खुशी प्राप्त हुनेछ।यो प्राकृतिक जीवन पद्धतिमा नै जीवनको वास्तविकता Reality of Life प्राप्त गर्न सकिनेछ।यो संसारको अधिकांश प्राचिन मानव सभ्यताहरुमा नछुङ/माङ्पा/बिजुवा/धामी/झाक्री संस्कृती विधमान थियो।मैले अमेरिकी Anthropologist Michael Harner P.H.D Co-Founder Foundation for Shamanic Studies,त्यस्तै Anthropologist William Lyon Author of Spirit talker,Professor Joseph John Campbell र Phil Borges जस्ता मानिसहरुले धामी/झाक्री/नछुङ/माङ्पा बारे अध्ययन अनुसन्धान गरेको Documents/Articles र Documentary हरु हेर्दा अध्ययन गर्दा म अदभुत खुशी र अच्चमित पनि भएको थिए।त्यसरी Western world/Europe America मा पनि हाम्रो संस्कृति धामी/झाक्रि नछुङ माङ्पा Shamanism संस्कृती बारे त्यति धेरै खोज अनुसन्धान गरीएको रहेछ र धेरै युरोप-अमेरीकाको पश्चिमाहरुले पनि धामी/झाक्रि नछुङ माङ्पा (Shamanism) संस्कृती लाई अभ्यास गर्दै अपनाईरहेको देखेर म साच्चै नै अचम्मित भएको थिए।एकजना मित्रले मलाई नेपालको किरातहरुको नछुङ माङ्पा धामी बिजुवा (Shamanism) संस्कृति बारे अन्तर्राष्ट्रीय Virtual Forum मा आफनो विचारहरु राख्न निमन्त्रणा गर्नुभएको थियो।त्यस Virtual Forum मा UK/USA/Argentina/Peru/Spain/France/Germany लगायत संसारको बाईस पच्चिस वटा देशहरुको गोराहरु धामी झाक्रि/बिजुवा Shamanism संस्कृति ईतिहास र धामी/झाक्री Shamanistic औषधि उपचार विधिहरु बारे बहस छलफल चलीरहेको थियो।मुलत:-मलाई त्यस Virtual Forum मा आफनो कुरा राख्न भन्दा पनि बढि चाहि यी Europe/America को गोराहरुले यो हाम्रो पुर्खाहरुले र हामीले अपनाऊदै आईरहेको धामी/झाक्रि नछुङ/माङ्पा Shamanism संस्कृति बारे के ? कस्तो बुझाई राख्दछन? गोराहरुको दृश्टिकोणमा नछुङ माङ्पा धामी बिजुवा संस्कृती लाई कसरी बुझेका छन होला ? भन्ने म भित्र कौतुहलता थियो।मैले त्यहा उपस्थित सबैको विचारहरु ध्यान दिएर सुने।यो Western Modern world आधुनिक संसारमा Science & Technology ले मानिसहरु लाई भौतिक रुपमा जतिसुकै सुखि बनाए पनि मानिसहरु आध्यात्मिक/Spiritual/आत्मिक रुपमा झन झनै दुखि बन्दै गईरहेका छन भन्ने कुरा मैले महसुस गरेको छु।यो संसारको प्राचिन किरात सभ्यताको प्राचिन किरात पुर्खाहरुले अपनाएको Shamanism संस्कृति कति महत्वपुर्ण छ ? रहेछ ? भन्ने कुरा मैले ति २०-२५ वटा देशको युरोप अमेरीकाको गोराहरुको बुझाई/विचार मुखबाट सुन्न पाऊदा म निकै खुशी भए।मैले त्यहा नेपालमा विशेषत:-किरातीहरुले के कसरी ? नछुङ/माङ्पा/येबा/येमा/फेदाङ्मा/धामी/बिजुवा Shamanism संस्कृती मान्दै आईरहेका छन ? यस प्रतिको हाम्रो दर्शन ज्ञान र औषधि उपचार विधिहरु के के हुन ? यस प्राचिन मौलिक संस्कृती कत्ती विज्ञानसंगत छन? यो हाम्रो आधुनिक समाजमा Modernisation आधुनिकताको नाममा Europe अमेरीका र Western World बाट प्रभावित मानसिकता/मनोविज्ञानको कारण New Generations युवा पुस्ताले नछुङ माङ्पा फेदाङमा धामी झाक्री Shamanism संस्कृति लाई बेवास्ता र हेला गरेको कारण कसरी लोप हुदै गईरहेको छ ? भनेर आफनो कुराहरु संक्षिप्तमा राखे।अन्तमा:-ति Shamans (धामी/बिजुवा गोराहरुले) London मा Basic Shamanism Learning and Practice बारे Workshop सुरुवात हुने जानकारी दिए।त्यसरी नै America को Newyork/Los Angles/France को Paris/UK को London जस्ता युरोप अमेरीकाको विभिन्न सहरहरुमा हाम्रो किराती पुर्खाहरुले मान्दै आईरहेका नछुङ/माङ्पा/फेदाङ्मा/धामी/बिजुवा संस्कृति लाई निश्चित शुल्क Fee लिएर Shamanism Courses रुपमा Workshop मार्फत धामी/बिजुवा बन्ने अभ्यास गर्दै र Shamanic औषधि उपचार विधि अपनाऊदै आईरहेका रहेछन।यो कुरा थाहा पाएर मलाई लाग्यो:-हामी किरातीहरुले नछुङ/माङ्पा/नागिरे/कुबि/ज्वाम्चो/मावि/जानपा/पासिङ/दोवा/फेदाङ्मा धामी झाक्रि बिजुवा हाम्रो नछुङ/माङ्पा/धामी/बिजुवा(Shamanism)संस्कृति लाई विश्व व्यापिकरण गर्न सकिने रहेछ।हाम्रो समाजमा आधुनिकताको नाममा/विज्ञान र प्रविधिको बहानामा Western मानसिकताको प्रभावमा हाम्रो मौलिक संस्कृति नछुङ माङ्पा फेदाङ्मा धामी झाक्रि संस्कृति लाई अन्धविश्वास भन्ने जमातले आफनो बुझाई प्रति पुन्रविचार गर्नै पर्ने समय आएको छ।यो Western World /Europe-America जस्तो विकसित देशहरुमा पनि हजारौ वर्ष अघि देखि हाम्रो पुर्खाहरुले मान्दै आईरहेको नछुङ/माङ्पा धामी/बिजुवा Shamanism संस्कृती लाई पुन्र अभ्यास गर्दै,पुनर्स्थापना गर्न लागीरहेको देखिन्छ।अन्तमा: ती युरोप अमेरिकाको कयौँ गोराहरु जसले नछुङ माङ्पा फेदाङ्मा Shamanism संस्कृति बारे खोज-अध्ययन अनुसन्धान गरेर जीवन बिताएका छन।ति Western World का गोराहरु जसले हाम्रो Shamanism संस्कृति लाई गहिरीएर बुझेर पश्चिमी धर्म त्यागेर बरु Newyork/London/Paris मा भएपनि धामी/झाक्री Shamanism अभ्यास गर्दै आईरहेका छन।हजारौ वर्ष अघि देखिको हाम्रो किराती पुर्खाहरुले मान्दै आएका नछुङ माङ्पा फेदाङ्मा Shamanism संस्कृति लाई ति युरोप अमेरिकी गोराहरुले जतिकै हाम्रो समाजको मानिसहरुले ? किरातीहरुले कहिले बुझ्छन होला ? भन्ने कुराले सताईरहेको हुन्छ।हाम्रो नछुङ/माङ्पा फेदाङ्मा Shamanism संस्कृतिको अर्थ र महत्व ति युरोप-अमेरीकी गोराहरु जत्तिकै हाम्रो मानिसहरुले/किरातीहरुले बुझ्न अझ धेरै समय लाग्नेछ,सम्भवत:-त्यतिबेला सम्म हाम्रो नछुङ/माङ्पा/धामी/बिजुवा Shamanism संस्कृती लोप भएर समाप्त भईसकेको हुनेछ।






No comments