Listen Nepali Songs

Know New

धर्मभक्त माथेमा

 [जीम] को प्रचलन नेपालमा ल्याउने पहिलो ब्यक्ती शहिद धर्म भक्त माथेमा हुन्

📸📸
सहिद धर्मभक्त माथेमाले नेपालमा अाधुनिक तरिकाबाट शारिरिक व्यायम [जीम] गर्ने प्रचलन थालेका थिए, उनी शारिरिक व्यायमका व्यवसायिक खेलाडी समेत थिए । उनले भारतमा मिस्टर बंगालको उपाधी जितेका थिए । माथेमा तत्कालीन समयमा नेपालको राजपरिवारमा व्यायम प्रशिक्षक समेत भए ।
१९६६ असोज ९ गते काठमाडौँको ओमबहालमा जन्मेका धर्मभक्तले भारतको दार्जलिङबाट शिक्षा आर्जन गर्नुभएको थियो । धर्मभक्त माथेमाका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।
धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत हुनुहुन्थ्यो । अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउनुभयो । माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत हुनुहुन्थ्यो । उहाँले नेपालमा पहिलो पटक आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याउनुभएको थियो ।
बाल्यकालमा उहाँ निकै दुब्लो र पातलो हुनुहुन्थ्यो । दुबलो र पतलो भएका कारण उहाँलाई साथीहरुले निकै गिज्याउँथे । माथेमा कलकत्तामा पढ्दा शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उहाँ बंगाल च्याम्पियन समेत बन्नुभएको थियो ।
उहाँले काठमाडौं फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे । एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।
राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम संवत् १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर मारेका थिए ।
नेपाल प्रजा परिषद्का संस्थापक रहेका माथेमालार्इ तत्कालीन राणा शासकहरूले सिफलमा फाँसीमा चढाउँदा रूखको हाँगा भाँचिएर पुनः झुन्ड्याइएका थिए ।
माथेमाको नाममा नेपालमा वर्षेनी शारिरिक व्यायम प्रतियोगिता अायोजना गरिन्छ र जस्को नाम धर्मश्री राखिएको छ ।



No comments