Listen Nepali Songs

Know New

जंगबहादुर राणाको प्रिय हाती जंगप्रशाद

 जंगबहादुर राणाको प्रिय हाती जंगप्रशादको तस्विर

📷️📷️
जंङ्गबहादुरको प्रिय हात्तीको नाम "जङ्गप्रसाद" थियो । जङ्गबहादुरको समयको सबैभन्दा ठूलो हात्ती नै जङ्गबहादुरको प्रिय हात्ती भएको हुँदा नामै जङ्गप्रसाद राखिएको थियो । सन १८७६ को शुरुवातमा प्रिन्स अफ वेल्स (जो पछि राजा एडवर्ड सातौं ) को शिकार भ्रमणमा जङ्गप्रसादको निकै उपयोग गरिएको थियो । हुन त त्यस समयको शिकारमा अर्को हात्ती बिजुलीप्रसाद पनि थियो । प्रिन्स अफ वेल्सले फर्कँदा चारवटा एशियाली हात्ती पनि साथ लगेका थिए । जसमा एक जङ्गप्रसाद पनि थियो ।
जङ्गप्रसाद करिब १० फिट उचाइको थियो भने एउटा दाह्रा थिएन । जङ्गप्रसादको साथ जङ्गबहादुरको विभिन्न किस्साहरु पनि जोडिएको छ । तर बेलायती राजकुमारको शिकार भ्रमण पछि यो हात्ती सन १८७६ मे १७ (वि.सं. १९३३ जेठ ६) मा बेलायत पुगेको देखिन्छ । शायद जङ्गबहादुरले यो हात्तीलाई बेलायती राजकुमारलाई नै उपहारमा दिएको हुनुपर्छ । सोही वर्ष युवराजले आफ्नी पत्नी अलेक्जान्ड्रालाई जङ्गप्रसाद क्रिसमस उपहारका रूपमा दिएका थिए ।
बेलायत पुगेपछि जङ्गप्रसाद त्यहाँको लण्डन चिडियाखानाको आकर्षणको रुपमा रह्यो । लण्डन चिडियाखानामा रहेको यस भाले जङ्गप्रसादको जोडीको रुपमा अर्को हथिनी सुफा कुली (Suffa Kulli) संग राखियो । तर हथिनी गर्भवती हुन सकिनन् । जङ्गप्रसादको नयाँ सन्तानको सपना लण्डन चिडियाखानाले पुरा गर्न सकेन ।
करिब २० वर्ष लण्डन चिडियाखानामा रहेको जङ्गप्रसादको पेरिटोनाइटिसको कारणले सन १८९६ मार्च ८ (१९५२ फागुन २६ )मा मृत्यु भयो । मृत्युपछि जङ्गप्रसादको भित्री अङ्ग निकालेर बाहिरी छालालाई सुरक्षित राख्दै त्यतिबेलाका प्रख्यात taxidermist एडवार्ड गेरार्डले जङ्गप्रसादको प्रतिमुर्ति (taxidermy) बनाएर नेचुरल हिस्ट्री म्यूजियमको सेन्ट्रल हलमा राखेका थिए ।



No comments