Listen Nepali Songs

Know New

नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी व्यवस्था

 नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी व्यवस्था 

नेपालको संविधानको धारा २६६ अनुसार नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नकालागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहायबमोजिमका अध्यक्ष र सदस्यहरु रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहने व्यवस्था छ :

        क) प्रधानमन्त्री – अध्यक्ष

        ख) रक्षामन्त्री – सदस्य

        ग) गृहमन्त्री – सदस्य

        घ) परराष्ट्रमन्त्री – सदस्य

        ङ) अर्थमन्त्री – सदस्य

        च) मुख्य सचिव – सदस्य

        छ) नेपाली सेनाको प्रधान सेनापति – सदस्य

-रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव भई काम गर्ने,

-राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद समक्ष पेश गर्न लगाउने,

-राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुने,

No comments