Listen Nepali Songs

Know New

नेपालको संविधान अनुसार लोकसेवा आयोगको गठन सम्बन्धी व्यवस्था

 
नेपालको संविधान अनुसार लोकसेवा आयोगको गठन सम्बन्धी व्यवस्था

नेपालको संविधानको धारा २४२ अनुसार नेपालमा लोकसेवा आयोग रहने, जसमा अध्यक्ष र अन्य ४ जना सदस्य रहने, अध्यक्ष र सदस्यको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । लोकसेवा आयोगका सदस्यमध्ये कम्तीमा ५० प्रतिशत सदस्य २० वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्यहरु विज्ञान, प्रविधि, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान,अध्यापन वा अन्य कुनै महत्त्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्ति मध्येबाट नियुक्त हुने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने तथा निजको पुनः नियुक्ति नहुने व्यवस्था छ । तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिने र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्य भैसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिकालागि ग्राह्य नहुने तर राजनीतिक पद, कुनै विषयको अनुसन्धान, जाँचबुझ, छानबिन, कुनै विषयको अध्ययन, अन्वेषण गरी राय पेश गर्ने पदमा नियुक्त भई काम गर्न सकिने व्यवस्था छ ।

No comments