कविताः पियस्पी चाम्लिङ राई
म
मर्दैछु भन्ने थाहा पाएर बाँचू ।
म
बाँचेको छु भन्ने थाहा पाएर मरुँ ।
दिन बितेको पत्तै नपाउने गरि
बालकहरुको खेलजस्तो
जिन्दगीभरि बाँचू ।
मृत्यूसंगको साक्षात्कार
मन्दिर र फूलको भेट जस्तो होस ।
म यस्तरी बाँचूँ,
मलाई देखेर जीवन मुस्कुराओस,
म यस्तरी मरुँ,
मलाई देखेर मृत्यु मुस्कुराओस ।
![]() |
कविः पियस्पी चाम्लिङ राई |
No comments