Listen Nepali Songs

Know New

मौलिक हकका महत्त्वहरु

 मौलिक हकका महत्त्वहरु

मौलिक हक मानिसको आधारभूत अधिकार हो । मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने गरी व्यक्ति वा नागरिकलाई संविधान मार्फत प्रदान गरिएका अधारभुत मानव अधिकारलाई नै मौलिक हक हो । कतिपय मौलिक हक नागरिकलाई मात्र र कतिपय मौलिक हक सम्पुर्ण व्यक्तिलाई प्रदान गरिएको हुन्छ । सरकारको स्वेच्छाचारी शक्तिवाट व्यक्ति वा नागरिकका अधिकार अतिक्रमण हुन नसकुन भनी मौलिक हकलाइ हननरहित बनाउन खोजिएको हुन्छ । 

यसका महत्त्वहरु देहायबमोजिम रहेका छन्ः

  • नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्न
  • व्यक्तिका प्राकृतिक र नैसर्गिक अधिकारको संरक्षण गर्न
  • राज्यवाट हुन सक्ने वैयक्तिक स्वतन्त्रतामाथिको प्रतिवन्धलाई निस्तेज पार्न
  • मानव अधिकारको संरक्षण गर्न तथा व्यक्तिको सार्वाङ्गिन विकाशमा सहयोग गर्न
  • न्यायिक अधिकारहरूको संरक्षण गर्न
  •  लोकतान्त्रिक मूल्य-मान्यता र अधिकारलाई व्यवस्थित गर्न
  • कानूनको शासन र असल शासनलाई प्रवर्द्धन गर्न


No comments