एक बखतको टुँडिखेल, काठमाण्डाै
एक बखतको टुँडिखेल, काठमाण्डाै
"फराकिलो टुँडिखेलमा खरीको चाैतारो सिवाय अरू कुनै घर र मञ्च बनेका थिएनन् बिहान बेलुका टुँडिखेलको बीचबाट मानिस हिँडे पनि, बिहान १० देखी अपरान्ह ४ बजेसम्म सिपाहीले कसैलार्इ छिर्न दिंदैनथे तर गार्इ भने दिनभरि चर्न पाउँदथे ।
रानी पोखरीदेखि त्रिपुरेश्वरसम्म तन्किएको टुँडिखेललार्इ खाली मोटर चल्ने पूर्व-पश्चिम तन्केका सडकले मात्र काटेका थिए । टुँडिखेलको बीच ठिङ्ग फगत खरीको बोट उभिएको थियो । त्रिपुरेश्वरनिरको क्षेत्रलार्इ सानो टुँडिखेल भनिन्थ्यो त्यहाँ दुर्इ कमल पोखरी थिए ।
साँझतिर काठमाण्डाै निवासी युवाहरू पलेँटी कसेर टुँडिखेलको हरियो चउरमा बस्दथे । जहाँ पनि टुसुक्क अथवा थचक्क बस्ने, पिच्च थुक्ने, बाटोमा कताकति मोटर चढेर अाएको मानिसलार्इ चिनोस्-नचिनोस् अति झुकी चट्ट सलाम, स्वस्ति गर्ने, साथीले चुरोट खाएको देखे दश हात परबाट हान्निएर अार्इ मागेर दम खिंचेर तीन-चार जनाले धीन मर्ने गरेर तान्ने र अापसमा भेट्दा ल्वाङ, सुपारी माग्ने त एकप्रकारले धेरै मानिसमा त्यस बेला अादतै बसेको थियो - पश्चिमी राष्ट्रमा भेट्दा 'गुड मर्निङ' भनी हात मिलाएझैं....."
No comments