Listen Nepali Songs

Know New

रेलबाइ टेसन छेउछाउ... (भरिया गीत) संगीत स्रोता

 रेलबाइ टेसन छेउछाउ... (भरिया गीत)

________________________________
हजारौं वर्ष लामो यो नाम्लो
लाखौं वर्ष नाघेको यो थाप्लो
त्यो भन्दा नि पुरानो एउटा भारी–
यो पिर्थिवी !
बस बिसाउनी छेउछाउ
छ कि बेथा बिसाउने ठाउँ
निधारै जेठो हो कि पसिना यी धारा
यो पिठिम पुरानो कि यो भारी सहारा
नरोऊ न भन्छु, सउर झन् रुन्छ चम्धारा
रेलबाइ टेसन छेउछाउ
छ कि दुःख लुकाउने ठाउँ
जोर गोडा तीँ–देखिन्, जाँ–देखिन् यो बाटो
दोबाटो बोल्छ सधैं– जाऊ सखी मूलबाटो
फेर परोस् बाटै बरु, नपरोस् मनफाटो
जहाज गिरान छेउछाउ
छ कि जुनी कटाउने ठाउँ



No comments