Listen Nepali Songs

Know New

जनै पूर्णिमा

जनै पुर्णिमाको दिन नाडिमा धारण गरिने रक्षा बन्धनको छुट्टै महत्व रहेको छ । यो सुत्र ५, ७, ९ फन्को घुमाइ लगाउने रित रहेको छ । रक्षा बन्धनका एक-एक सुत्रले पाँच फरक-फरक सुत्रलाई प्रतिनिधित्व गर्छन । एक स्नेह, दोश्रो स्नेह बाट उदभव हुने शान्ति सुत्र, तेश्रो शान्ति बाट समृद्ध बन्ने सुत्र, चौथो संयमबाट तन्दुरुस्त रहने सुस्वास्थ्य सुत्र, पाँचौ स्वस्थ शरिरबाट बढ्ने चिन्तन साथै शारिरिक शक्ती सुत्र ।

जनैको प्रचलन
यम संहितांमा उल्लेख भए अनुसार प्राचीन कालमा पुरूषहरू सरह नारीहरूलाई पनि जनै लगाउने अधिकार रहेको देखिन्छ । नारीहरूको उपनय संस्कार पनि हुन्थ्यो भने वेद पढ्ने र गायत्री जप गर्ने पनि आज्ञा पनि रहेको सो शस्त्रले देखाउँछ ।
सत्ययुगमा पद्म सूत्रको, त्रेतायुगमा स्वर्ण सूत्रको, द्वापरयुगमा रजत सूत्रको र कलीयुगमा धागाको सूत्रबाट बनेको तन्तुको जनै लगाउने परम्परा बारे शास्त्रमा लेखिनुले जनैको महत्व सत्य युगदेखी नै रहिआएको देखिन्छ ।

जनै तयार गर्ने विधि
शास्त्रमा तोकिए अनुसार कपासको धागोलाई ९६ अंगुल लम्बाई तयार पारी तेब्बर गरी ग्रन्थ शिखा पारेर अर्थात नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी जनै तयार गरिन्छ।

जनै धागोको रहस्य
ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका गायत्री मन्त्रका अक्षर चौबीस-चौबीसका हुने र चार चौबीस जोड्दा ९६ हुने भन्ने शास्त्रीय मत अनि वेदका ऋचा पनि ९६ हजार हुनु लगायत आधारतत्व संख्या २५, त्रिगुण (सत्व रज तम) ३, महिना १२, काल ३, वेद ४ बार ७ नक्षत्र २७ तिथि १५ का योग पनि ९६ हुनुलाई जनैको ९६ सुत तथा ९६ अंगुलको पछाडिको कारण मानिन्छ ।

जनैको महत्व 
जनैमा प्रयोग गरिने नौ गुनाले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको मानिन्छ भने नौ तन्तुमा क्रमश्: ओंकार, अग्नि, अनन्त, चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र अन्त्यमा सबै देवता प्रतिष्ठित रहेको उल्लेख । जनै तयार गरिंदा पाँच गाँठालाई पञ्चमहायज्ञका प्रतीक मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

जनै पूर्णिमाको वैज्ञानिक महत्व 
चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । त्यसैले सौचकृयाको समय दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुने बैज्ञानिक मत रहेको छ । बैज्ञानीक मत अनुसार यो डोरी धारण गर्दा शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श हुने हुंदा मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील हुन मद्दत पुग्ने देखिन्छ । शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । दाँया काँधबाट कम्मरसम्म फैलिएको यो रेखाको विद्युत प्रवाहलाई जनैले नियन्त्रित गर्ने कारण बिज्ञानले देखाएको छ ।

 जनै पुर्णिमा बि. स. २०५२ साल श्रावण २५ गतेका दिन रक्षा बन्धन ग्रहण गर्दै श्री ५ विरेन्द्र |


No comments