Listen Nepali Songs

Know New

Important Nepali GK

 महत्वपूर्ण सामान्यज्ञान 

१. नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा सबै नेपालीको बैङ्क खाता कार्यक्रम कहिलेबाट सुरु गर्यो ?

उत्तरः २०७६ बैशाख १ गते
२. पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ?
उत्तरः झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ ।)
३.सन् १९२१ मा सगरमाथाको प्रथम आरोहण प्रयास कसको नेतृत्वमा भएको थियो ?
उत्तरः कर्णेल चार्ल्स हवार्ड बरी (बेलायत)
४. सन् २०१९ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के रहेको छ ?
उत्तरः सवैका लागि स्वास्थ्यः प्रत्येकलाई जहीँतहीँ ( सन् १९४८ अप्रितल ७ देखि मनाउन थालिएको हो।)
५. राष्ट्रिय बाघ गणना – २०१८ को तथ्याङ्क अनुसार हाल नेपालमा बाघको संख्या कति रहेको छ ?
उत्तरः २३५ वटा (सन् २०१३ को गणनामा १९८ वटा)
६. व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?
उत्तरः दक्षिण कोरिया
७. “लाल चोक” कुन दरबार भित्र रहेको चोक हो ?
उत्तरः पचपन्न झ्याले दरवार
८. काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामाकरण गरेको छ ?
उत्तरः नुर सुल्तान
९. ट्युरिङ अवार्ड – २०१८ बाट सम्मानीत हुने व्यक्ति को हुन् ?
उत्तरः Geoffrey, Yann Lecun, Yoshua Bengio (कम्प्युटर तर्फको नोवेल पुरस्कार सरह मानिन्छ)
१० . नेपाल बार एशोसिएसनका हालका अध्यक्ष को हुन् ?
उत्तरः चण्डेश्वरर श्रेष्ठ
११. “चराई मिलन पर्व” कुन समुदायमा प्रचलित पर्व हो ?
उत्तरः पश्चिम नेपालमा बस्ने राना थारु समुदाय
१२. “चिरै भजहर पर्व” कुन जातिसंग सम्वन्धित रहेको छ ?
उत्तरः थारु
१३. “जितलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्र पचाउन सक्छ” । यो भनाइ कसको हो ?
उत्तरः एडोल्फ हिटलर
१४. ४०० मिटर लामो नेपालको एक मात्र मानव निर्मित सुरुङ कसको पालामा बनाइएको थियो ?
उत्तरः श्री ३ चन्द्रशमशेर
१५. सात पहाडहरुको शहर (City of Seven Hills) भनेर कुन सहरलाई चिनिन्छ ?
उत्तरः रोम (इटाली)
१६. सुपारी विवाह कुन जातिमा प्रचलित छ ?
उत्तरः धिमाल
१७. नेपालको हालको क्षेत्रफल (१,४७,१८१ व.कि.मी.) कहिले देखि कायम भएको हो ?
उत्तरः वि.सं. २०३६ साल
१८. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
उत्तरः सुवानन्द दास
१९. राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ?
उत्तरः बैशाली
२०. टंगाल दरवार कसले बनाएका हुन् ?
टंगालदरवार- भीम शमशेरले निर्माण गराएका हुन्



No comments