Listen Nepali Songs

Know New

देवशम्शेरलाई शुक्रराजका बुवाले भनेका कुरा

शुक्रराजका बाबुले देवशम्शेरलाई भने, तपाँई तीन वर्ष भित्र प्रधानमन्त्री हुनुहुनेछ तर छिट्टै पदच्युत

माधवराज जोशीको जन्म वि.सं १९१६ को जेठ महिनामा पाटनको बकुंवहालको राजज्योतिषी खलकमा भएको थियो । पुख्र्यौली पेशाका रुपमा ज्योतिषशास्त्रको ज्ञानमा दखलता दिन १९४८ साल ताका बनारसमा गई गणित ज्योतिष अध्ययन गरेका थिए ।
बनारसमा ज्योतिषशास्त्रमा विज्ञता हासिल गरेका माधवराजलाई देवशम्शेरले आफ्नो दरबारमा बोलाए । रानीसाहेब कृष्णकुमारीले देवशम्शेरलाई आफ्ना जेठा छोरा जंगशम्शेरका लागि कुन कन्या विवाह गर्दा शुभ होला भनी कन्याको चिना देखाउन त्यहाँ जम्मा गराइएका करीब १ दर्जन नामी ज्योतिषीहरुमध्ये माधवराजले लेखेको जन्मकुण्डलीको फलमा नै कन्याको स्वभावबारे सबैभन्दा बढी मिल्ने कुरा बताइन् । मावधराजले तीन वर्षभित्र नै देवशम्शेरलाई छत्रप्राप्ति पद हुने र त्यसको केही महिनापछि छत्रभंग हुने सम्भावना पनि भएको कुरा भने । नभन्दै त्यसो केही वर्षभित्रै (वि.संं १९५७ फाल्गुन) महाराज वीरशम्शेरको कलेजोसम्बन्धी रोगका कारण देहान्त भयो । रोलक्रमअनुसार चीफ साहेब (कमाण्डर इन चीफ) देवशमशेरले प्रधानमन्त्रीको साथै श्री ३ महाराज बने । उनले आफ्नो सिन्दूरजात्रा काठमाण्डौ, ललितपुर, भक्तपुर, नगरकोट लगायत ६ स्थानमा गरे । श्री ३ भएको उपलक्ष्यमा उनले दुई महिनासम्म जुवा फुकाए ।
देवशम्शेरले काठमाण्डौ उपत्यकाभित्र पचास विद्यालय स्थापना गराए जसमध्ये पहिलो विद्यालय पाटनको यट्खाटोलमा महारानी कृष्णकुमारीका हातबाट उद्घाटन गर्न लगाए । उनले स्थापना गराएका धेरै विद्यालयहरु देवशम्शेरको बर्हिगमनसँगै बन्द भए ।
देवशम्शेरकै पालादेखी टुँडीखेलमा मध्यान्ह तोप पड्काउने चलन सुरु भयो जुन ८८ वर्षपछि (वि.सं.२०४५ बैशाख १) हटाइयो । देवशम्शेरकै पालामा करिया अमलेख (दासता उन्मूलन) को प्रयास थालिएको थियो जसले पछि उनका भाई चन्द्रशम्शेरले मूर्तरुप दिए ।
देवशम्शेर नेपालका श्री ३ भएको बेलामा गरिएको र आजपनि उनको नाम रहने काम गोर्खापत्र (गोरखापत्र) का प्रकाशन सुरु हुुनु हो । वि.सं. १९५८ असार १० गते दरबार हाइस्कूलमा आयोजित वार्षिकोत्सव समारोहपछि सेतो दरबारमा ठूल्दाई वीरशम्शेरका छोराहरुको सम्पत्ती विवाद सल्ट्याउने निहुँमा जबरजस्ती श्री ३ बाट बर्खास्त गरियो । तत्पश्चात उनी धनकुटा धपाइए भने वि.संं १९७० मा भारतको उत्तराखण्डस्थित मसूरी शहरमा निधन भयो ।
निधन भएको एक शताब्दीभन्दा बढी समयपछि पनि नेपालमा उदारवादी प्रधानमन्त्रीका रुपमा देवशम्शेरलाई लिने गरिन्छ । उनले नेपालमा जनताको सहमति लिएर शासन गर्न खोजे जुन उनको इतिहासकै थोरै अवधि प्रधानमन्त्री हुने व्यक्तिको सूचीमा नाम लेख्ने मुख्य कारण बन्यो ।


No comments