Listen Nepali Songs

Know New

२ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, 'नेपाल' को खेल इतिहास

 २ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, 'नेपाल'

अगस्ट २०, २००६ का दिन नेपाल क्रिकेट टिमले मलेसियामा भएको एसीसी ट्रफी अन्तर्गत एउटा अविश्वसनीय नजिता आत्मसाथ गर्दै विश्व किर्तीमान कायम गर्यो । समुह 'सी' अन्तर्गत आफ्नो चाैथो खेलमा म्यान्मार विरूद्ध पहिले बलिङ गरेको नेपालले १२.१ ओभरको अवस्थामा १० रनमा बर्मेली टोलीलाई अलआउट गर्यो । खेलका नायक रहे "म्यान अफ द म्याच' मेहबुब आलम । ६.१ ओभर बलिङ गर्दै ७ रन दिएका आलमले ७ विकेट चट्काए । बाँकी ३ विकेट कप्तान विनोद दासले आफ्नो खातामा लेखाए । बर्मा विरूद्ध यी दुई बलरले ५ रन अतिरिक्त दिए भने पाँच जना बर्मेली ब्याट्सम्यानले समान १-१ रन बनाए ।
जवाफमा नेपालले ११ रनको विजय लक्ष्य २ बलमै पुरा गर्यो । बलिङमा थिए आए मीन थान जसले खेलको पहिलो ओभरको पहिलो बलमा विकेट किपर ब्याट्सम्यान महेश क्षेत्रीले सहजै ३ रन लिन भ्याए । दोश्रो बलमा धीरेन्द्र चन्दले पनि ३ रन लिन भ्याए । ५० ओभरको खेलमा नेपालले २ बल ब्याटिङ गरि ६ रन बनाइसकेको थियो नेपालका लागि जितका लागि चाहिन्थ्यो ५ रन । त्यसपछि बर्मेली बलरले लगातर ५ अतिरिक्त रन दिए । अन्ततः नेपालले खेल जित्यो १० विकेटले अझ रोचक कुरा मात्र २ वैध बलको सामना गर्दै । म्यान्मारले बनाएको १० रन हालसम्म विश्वमै पुरूष टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । नेपालले चाँही बनायो सबैभन्दा छिटो लक्ष्य भेट्ने टोलीको किर्तीमान ।
प्रतियोगितामा कुल १७ टोली सहभागी थिए, किर्तिमानी जित सहित नेपालले समुहका सबै खेल जित्दै अन्तिम दोश्रो चरणमा स्थान सुरक्षित बनायो । समुह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्यो भने दोश्रो खेलमा भुटान विरूद्ध २८१ रनको प्रभावशाली जित निकाल्दा तेश्रो खेलमा हङकङलाई ८७ रनले पराजित गर्यो भने अन्तिम खेलमा म्यान्मार १० विकेटले पराजित भयो ।
दोश्रो चरणमा नेपालले बहराइनलाई २५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । फाइनलमा स्थान सुरक्षित गर्न यूएइ विरूद्ध मैदान उत्रिएको नेपाली क्रिकेट टिम ३७ ओभरसम्म मैदानमा टिक्दा जम्मा १०३ रन बनाउन सक्यो जसमा शरद भेषवाकरले सर्वाधिक २६ रन बनाएका थिए । उक्त खेल यूएइले ९ विकेटले जित्यो भने फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । तेश्रो स्थानका लागि भएको खेलमा अफगानिस्तानले नेपाललाई ६४ रनले पराजित गर्यो ।
नेपाली टोलीमा थिए आकाश गुप्ता, बसन्त रेग्मी, बिनोद दास, शक्ति गैाचन, मनोश वैश्य, परेश लोहनी, धीरेन्द्र चन्द, राज प्रधान, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, राजु बस्न्यात, शक्ति गाैचन र मेहबुब आलम । कोच थिए श्रीलंकाका रोय लुक डायस अनि फिजिओ जंग बहादुर मगर त्यस्तै व्यवस्थापकमा थिए ठाकुर प्रताप थापा ।





No comments