Listen Nepali Songs

Know New

सुन्दरीघाट तथा खोकनाको झोलुङ्गे पुल

हार्पर एण्ड कम्पनीले बनाएको अन्तिम दुइ झोलुङ्गे पुलमा काठमाडौ उपत्यकामा रहेको सुन्दरीघाटको झोलुङ्गे पुल तथा खोकनामा रहेको झोलुङ्गे पुल हो । बाघडोलबाट किर्तिपुर जाने बाटोमा बागमती नदि माथि सुन्दरीघाटमा रहेको झोलुङ्गे पुल बिसं १९६० कै दशकमा बनेको थियो । यसको डिजाइन पनि लुइस हार्परले नै गरेका थिए । यो पुल हाल पनि उस्तै अवस्थामा देख्न सकिन्छ । तर सुन्दरीघाट खानेपानी संस्थानले यहि पुल भएर ८ इन्च मोटो खानेपानीको पाइप लगेको छ ।

हार्पर एण्ड कम्पनीले नेपालमा बनाएको झोलुङ्गे पुलमा यो पुल सबैभन्दा लामो पुल हो । यसको लम्बाइ ३०० फुट रहेको छ भने चौडाइ ४ फुटको रहेको छ । ऐतिहासिक यो पुललाई जोगाउन पनि यस पुल भएर लगिएको खानेपानीको पाइपलाई अन्य बिकल्प खोजिनु पर्दछ ।
यस पुल तैयार गर्न पनि इञ्जिनियर कुमार नरसिंह राणा नै लागेका थिए भने यसमा पनि नेपाली सेनाका जवानहरुको पसिना बगेको थियो ।
उपत्यकामा नै रहेको अर्को झोलुङ्गे पुल भने काठमाडौ देखी दक्षिणमा रहेको पुरानो ऐतिहासिक शहर खोकनामा रहेको छ । खोकनाको झोलुङ्गे पुल बिसं १९६० मा बनेको थियो । यो पुलको डिजाइन लुइस हार्परले गरेका थिए भने नेपालमा यसको सम्पूर्ण निर्माण कार्य इञ्जिनियर कुमार नरसिंह राणाले नै गरेका थिए । बागमती नदि माथि बनेको यो तेश्रो पुल हो ।
त्यसबेला चार फुट चौडाइको यो पुल कति लामो बनेको थियो भन्ने केही देखिदैन । तर बिसं २०२५ सालमा यो पुललाई पूनर्निर्माण गर्दा केही पुराना सामग्री तथा केही नयाँ सामग्रीबाट पुल तैयार गरे पछि भने यो पुलको लम्बाइ करिव ४०० फुटको रहेको छ ।
केही महिना अगाडी म फर्पिङबाट यहि पुल हुदै खोकना पुगेको थिए । यो पुल संगै हार्पर एण्ड कम्पनीले नेपालमा शुरुवाती कालमा बनाएको ८ वटा झोलुङ्गे पुलहरुको इतिहास पुरा भएको छ । अब अन्य ऐतिहासिक पुलहरुको बारेमा लेख्नेछु ।


No comments