Listen Nepali Songs

Know New

महिनावारीसँग नपखालिने सोच ।

अनिषा अजनवी अनि शुद्ध हुनुभयो?

मेरो मत्लब वर्षभरि महिनावारी भएकोले गरेको पाप पखाल्नु भयो होला नि त। महिलाहरूको बुद्धि तन्किन अझ कति युग लाग्ने हो? तिमी आफू महिनावारी हुनु पनि धर्मको लागि पाप हो, बच्चा जन्माउनु धर्म हो तर 22 दिन कटेपछी मात्र। एउटा कुरा नुहाएर पाप पखालिने कस्तो पाप हो? महिनावारी प्राकृतिक कुरा हो ना कि कसैले छ्यापी दिएको हिलो जसलाई पखाल्छौ अनि जान्छ। हिजो पनि महिलाहरू अनपढ थिए त्यसैले धर्मले प्रयोग गर्यो। आज महिलाहरू अध्ययनशिल छन्, बुझ्ने भए, र पनि धर्मले उनीहरुलाई नचाउन छोडेको छैन। चाहेँ त्यो देखाउन लागि भए पनि किन होस्।


संस्कारको नामले धर्मले फैलाएको यस्तो विकृतिलाई प्राथमिकता दिएको तिम्रो पवित्रताले यथार्थ दर्साउछ कि तिमी कति सतर्क छौ आफ्नो शरीरको प्राकृतिक उत्तरदायित्व प्रती। तिमीले आफुलाई म फोहोरी हुँ, म पापको भागेदार हुँ, किनकि म एक महिला हुँ, मेरो शरीरबाट रगत बग्नु एक प्राकृतिक कुरा हैन हिन्दु धर्म अनुसार मलाई जन्मिदै लागेको पाप हो, म महिला हुनु नै पाप हो भनेर प्रमाणित गर्न कुनै कसर छोडेकी छैनौ। अनि आफुले आफुलाई यो भन्दा शुद्ध कहिले बनाउछौ हैन?


अब अन्तिम र मुख्य कुरा तिम्रो यो धर्म बनाउने, यो नियम बनाउने, धर्मिक पाप र पुण्य, शुद्धता र अशुद्धता निर्माण गर्ने पनि एक मानिस नै हो। कुनै अद्भुत बस्तु नसम्झ जो आकाशबाट झर्‍यो अनि रितिरिवाज,पाप,धर्म स्थापित गरेर फेरि आकाश तिरै उडेर फर्केर गयो। त्यो एक मानिसहरू नै हुन् चाहेँ महिला हुन् वा पुरुष, उसलाई जन्माउने महिला नै हो, अनि महिलाले एक शिशुलाई जन्म दिनको लागि महिनावारी लगातार रुपमा समय समयमा हुन आवश्यक छ। अब यो त हो एक पाप नै हो, नपखाली जादैन, अहँ तिमीले हैन धर्मले नै भनेको हो। अब जाउ शुद्ध हुन बाँकी छ भने फेरि गएर शुद्द भएर आउ।


तिमी नै हौ जो धर्मको कुसंस्कारलाई प्राथमिकता दिई रहन्छ्यौ र धर्ममा अझ थप यस्ता कुराहरू तिमीलाई कमजोर ।बनाउन प्रयाप्त छ।


बुझ तर अहँ नबल्देउ, शुभकामना पवित्र स्त्री !


No comments