Listen Nepali Songs

Know New

कविता: पाउनुभन्दा धेरै

 

कवि: हेम विश्वकर्मा

पाउनुभन्दा धेरै...


पाउनुभन्दा धेरै खुसी गुमाउनु हुन्छ 

बाटो गुमाइसकेपछी यात्रा खुसी हुन्छ

आशा गुमेपछी निराशा

फूल गुमेपछी पातहरू

दिन गुमेपछि रातहरू 


गुमाउनुको सबैभन्दा खुसी

दु:खका अवचेतनहरूलाई होला

जसरी ढक्कन गुमेपछी

उकुसमुकुस बाफलाई खुसी हुन्छ 


पैताला गुमेपछि पदचाप खुसी होला

नियम गुमेपछी निसाप खुसी होला 


तिमीलाई मैले गुमाइसकेपछी

सबैभन्दा तिमीलाई पाउने खुसी होला

मलाई जितेर सपनामा आउने खुसी होला!


पाउनुभन्दा धेरै खुसी गुमाउनु हुन्छ 

बाटो गुमाइसकेपछी यात्रा खुसी हुन्छ


No comments