Listen Nepali Songs

Know New

शिक्षामा Edward Colston सम्बन्धी एउटा कथा

 शिक्षामुलक बास्तबिक कथा ।

            पोखरीमा फालिदै गरेको शालिक Edward colston को हो।उनी १७ औँ शताब्दीका व्रिटेनका नामुद व्यापारी थिए।उनको व्यापार चाही अफ्रिकाका देशहरुबाट पानी जहाजमा खचाखच भरेर काला जातीका मानिसहरुलाई लेराउने र बेच्ने थियो।यसरी जहाजमा लेराउदा भोकले/रोगले/सास फेर्न नसकेर मर्नेहरुलाई उनले यसरी नै पानीमा माछाको आहारको लागी फालिदिन्थे। 


Edward ले यसरी कमाएको पैसाले व्रिटेनमा सहर नै बनाएका छन। १९ औं शताब्दिको अन्त्यतिर उनको यो शालिक प्रतिस्थापन गरिएको थियो भने गत वर्षको अमेरिकामा भएको जर्ज फ्लोईडको प्रहरीबाट भएको हत्यापछि सुरु भएको “Blacklivesmatter” आन्दोलनको क्रममा ढालियो र यसरी पानीमा फालियो(उनले ती काला जातीका मानिसलाई फाले जसरी नै) । 


नेपाली पंचायती शिक्षाबाट दिक्षित वुद्धिजिवीहरुको भाष्य सापटी लिने हो भने त “त्यो बेला त युरोप र अमेरिका भर त्यस्तै हुन्थ्यो त्यसैले उनी ठिक थिए “ भन्दै बस्नु पर्ने हो तर आजको सचेत पुस्ताले हिजोको अन्यायपुर्ण ईतिहासका पात्रको शालिक आफ्नो सहरमा हुनु पनि ठुलो अपमान र न्यायसंगत नभएको भन्दै यसरी उनको शालिक मिल्काईदिए। यो पुस्ताले उनलाई सहरको निर्माता वा नायक पनि मानेन। 


हिजो ईतिहास जित्नेहरुले आफ्नो ढंगबाट लेखे वा लेख्न लगाए। अझ भनौ शासकको आँखाबाट मात्र हेरेर लेखियो।अनि त्यही ईतिहास पढाईयो/घोकाईयो र कण्ठ बनाउन लगाईयो तर आज संसारभर नै त्यस्ता छलछाम पुर्ण र एकोहोरो ईतिहासका परिभाषाहरु को आलोचना/पुर्नव्याख्या/पुर्नलेखन भईरहेका छन। आजको सचेत र न्याय प्रेमी पुस्ताले हिजोको अन्याय पुर्ण ईतिहासका हरेक पाना च्यात्नेछ, अनि त्यस्का प्रतिबिम्ब हरु यसरी नै ढाल्नेछ ।


(यस घटनामा पक्राउ परेका चारै जना आन्दोलनकारीलाई गएको हप्ता मात्र अदालतले सफाई पनि दिएको छ। सो क्रममा बोल्दै एक आन्दोलनकारीले भने कि “ हामी ले ईतिहास परिवर्तन गर्दै छैनौ वस यसलाई सच्याउदै छौ”)

शाशकहरुको शालिक पुज्ने होइन बरु ढाल्ने हो । 




No comments