Listen Nepali Songs

Know New

बाजबाट सिक्नु पर्ने ज्ञान


संसारमा काग मात्र यस्तो पक्षी हो, जसले उडिरहेको बाजको पिठ्युँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन । न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।

आफूलाई ठुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिँजाउँछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउँछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ । जिन्दगीका मोडहरूमा भेटिने कागजस्ता मान्छेहरूलाई बेवास्ता गर्न सिक्नुपर्छ ।
पिठ्युँ पछाडि बसेर ठुँग्नेहरूका निम्ति समय खेर फाल्नु उचित हुँदैन । केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफैं खस्नेछन् । आफैंलाई गुमाउने छन् । पश्चाताप मान्ने छन् ।

No comments