Listen Nepali Songs

Know New

बिन्ध्यबासिनी हाईड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख ३६ हजार ५०० जना आवेदकले पाए शेयर

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज मिति २०७९ साल असार ०३ गते अपरान्ह :०० बजे निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ।

कुल १७ लाख ९१ हजार ८ सय ९५ जना आवेदन मध्ये योग्य आवेदक १७ लाख ८९ हजार १ सय ५७ जनाले आवेदन दिएकोमा १६ लाख ५२ हजार ६सय ५७ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा १ लाख ३६ हजार ५०० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। हाईड्रोपावरको आइपिओमा २ करोड १ लाख ३९ हजार १ सय ९० कित्ताको लागि कुल रु.२.०१ अर्ब बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

कम्पनीको जारी पूंजी रु. अर्बको २५ प्रतिशतले हुने रु.१०० अंकित दरको २५,००,००० कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने १०,००,००० कित्ता शेयर आयोजना स्थानिय बासिन्दाहरुको निमित्त निष्काशन गरी बिक्री वितरण गरी बाँकी रहेको जारी पूंजीको १५ प्रतिशतले हुन आउने १५,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीहरुलाई अर्थात ६०,००० कित्ता तथा सामुहिक लगानी कोषहरुलाई अर्थात ७५,००० कित्ता सुरक्षित गरिएको  बाँकी रहेको १३,६५,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको थियो।


No comments