विद्युतीय अपराध (E-Crime)
विद्युतीय अपराध (E-Crime)
१. अर्थ
विद्युतीय माध्यमहरूको प्रयोग मार्फत् हुने अपराधिक गतिविधि नै विद्युतीय अपराध (E-Crime) हो । यसलाई पनि संगठित अपराध अन्तर्गत लिइएको छ । यस्तो कार्यमा एकभन्दा बढी मानिसहरूको संलग्नता रहन सक्ने भएकोले यो संगठित अपराधको रूपमा रहेको देखिन्छ । आर्थिक वा गैर आर्थिक कारणले विद्युतीय अपराध हुनसक्छ ।
Tele-communication का साधनहरू जस्तै टेलिफोन, फ्याक्स, मोबाइल र कम्प्युटरका माध्यमबाट जस्तै Internet, e-mail सोको networking का माध्यमबाट हुने अपराध हो विद्युतीय अपराध ।
Halder and Jaishankar का अनुसार "offences that are committed against individuals or group of individuals with a criminal motive to intentionally harm the reputation of the victim or cause physical or mental harm to the victim directly, using modern Tele-communication
networks"
२. विद्युतीय अपराधका रूपहरू
२.१ जालसाजी (Fraud) : कसैलाई कुनै चिठ्ठा परेको वा अवसर प्राप्त भएको वा त्यस्तो चिठ्ठा वा अवसर प्राप्त हुने भनी कुनै कार्य गर्न लगाउने र व्यवस्थापन खर्च भनी रकम माग गर्ने ।
२.२ गलत कागजात तयार गर्ने (Preparing false documents): कम्प्युटरको गलत प्रयोग गरी नक्कली प्रमाणपत्र बनाउने, नक्कली भिषा स्टिकर बनाउने, भिषा सम्बन्धी नक्कली कागजात तयार गर्ने, एकको फोटो स्क्यानिङ्ग गरेर अर्काको नाममा टाँस गर्ने ।
२.३ अश्लीलता (Pornography) : अश्लील चित्र वा भिडियो तयार गरी कसैलाई पठाउने वा यौन प्रस्ताव राख्ने वा सो को लागि रकम माग गर्ने वा पठाउन लगाउने ।
२.४ तनाव सिर्जना (Harassment) : कसैलाई बारम्बार Message पठाई तनाव गराउने, प्रेम प्रस्ताव राख्ने र सोको लागि धम्की समेत सिर्जना गर्ने ।
२.५ Hacking गर्ने : कसैको कम्प्युटर वा Electronic devices मा क्षति पु¥याउने उद्देश्यले network को माध्यमबाट Virus प्रवेश गराउने, अर्काको सूचना प्राप्त गर्ने र गोप्य सूचनाको दुरूपयोग गर्ने ।
नेपालमा कानूनी व्यवस्था
विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अनुसार कम्प्युटर सम्बन्धी कसूर भनी देहायका अपराधलाई समावेश गरेको देखिन्छ:
(क) कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने : कार्यक्रम वा प्रणालीका लागि प्रयोग हुने संकेतलाई वदनियतपूर्वक चोरी गर्नु, नष्ट गर्नु, परिवर्तन गर्नु ।
(ख) कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच : कम्प्युटर धनी वा जिम्मेवार व्यक्तिबाट अख्तियारी नभई कार्यक्रममा पहूँच राख्ने कार्य ।
(ग) कम्प्युटर सूचना प्रणालीमा क्षति पु¥याउने कार्य : अनाधिकृत रूपले कम्प्युटरमा रहेका कुनै सूचना, तथ्यांक मेटाउने, सच्याउने, हेरफेर गर्ने कार्य ।
(घ) विद्युतीय स्वरूपमा गैर कानूनी प्रकाशन गर्ने : गैर कानूनी प्रकाशन, नैतिकता र आधारहिन सामग्री प्रकाशन गर्ने कार्य ।
(ङ) गोपनीयता भंग गर्ने : अनाधिकृत व्यक्तिलाई गोप्य सूचना संप्रेषण गर्ने ।
(च) झुठो व्यहोराको सूचना दिने : कुनै इजाजत वा स्वीकृति प्राप्त गर्ने उद्देश्यले गलत किसिमका कागजात तयार गर्ने ।
(छ) कम्प्युटर जालसाजी गर्ने : गैरकानूनी डिजिटल हस्ताक्षर, एटीएम कार्ड, बैंक व्यालेन्स, वील भरपाई तयार गरी बनाउने, नक्कल गर्ने कार्य ।
उपरोक्त कार्यहरू गैरकानूनी र दण्डनीय बनाइएको देखिन्छ ।
दूर सञ्चार ऐन, २०५३ मा विद्युतीय अपराधको रूपमा देहायका कसूरलाई लिइएको देखिन्छ :
(क) दूर सञ्चार सेवाको माध्यमबाट गाली गलौज गर्ने, धम्क्याउने वा अनावश्यक दु:ख दिने ।
(ख) वदनियतसाथ दूर सञ्चार लाईन, प्रणाली वा कुनै उपकरणमा प्रतिकूल असर पु¥याउने काम गर्ने ।
उल्लिखित अपराधलाई दण्डनीय बनाइएको छ ।
नेपालमा विद्युतीय अपराधको प्रवृत्ति
– नेपालमा पनि विद्युतीय सूचना प्रणालीको विकाससँगै विद्युतीय अपराध बढ्दै गएको अवस्था छ ।
– कम्प्युटर प्रणालीको दुरूपयोग गरी गलत सूचना संप्रेषण गर्ने, मानसिक तनाव सिर्जना गर्ने, आर्थिक प्रलोभनमा पार्ने घटनाहरू भएका छन् ।
– विभिन्न निकायका प्रमाणपत्रहरू, लाइसेन्स, भिषाका कागजात नक्कली तयार गर्ने कार्य भएको पाइन्छ । श्रमका स्टिकरहरू, गोप्य चिन्ह (होलोग्राम) नक्कली बनाई ठगी गर्ने प्रवृत्ति बढेको छ । कम्प्युटर प्रविधिको दुरूपयोगबाट यस्तो कार्य हुने गर्दछ ।
– विभिन्न अश्लिल साइटहरू निर्माण गर्ने, अश्लील फोटोहरू प्रयोग गर्ने र ठगी गर्ने उद्देश्यले नक्कली प्रेम गर्ने कार्यमा समेत इन्टरनेट, इमेलको प्रयोग भएको ।
– सूचना प्रविधिको दुरूपयोग गर्दै कल वाइपास गर्ने गिरोह समय–समयमा पक्राउ परेको खबर सुनिन्छ ।
– मोवाइलबाट एस.एम.एस. गरी धम्क्याउने, चन्दा माग गर्ने, कार्य समेत भएको देखिन्छ ।
No comments