Listen Nepali Songs

Know New

सामाजिक परिचालन (Social Mobilization)

 सामाजिक परिचालन (Social Mobilization)

१. अर्थ
समाजका मानिसहरूलाई समाज र राष्ट्रको विकासका लागि चिन्तनशील बनाउनु, सरोकारयुक्त बनाउनु, संलग्न गराउनु र त्यसबाट लाभ लिन सक्ने बनाउनु नै सामाजिक परिचालन हो । समाजको समग्र हितका लागि सबै मानिसहरूलाई सक्रिय बन्ने तत्पर बन्ने सहभागी बन्ने अवस्थाको सिर्जना हो सामाजिक परिचालन ।
विकास अभियान र सार्वजनिक सेवा प्रवाह लगायत समाज विकासका सबै क्षेत्रमा समाजको भूमिका र योगदान बढाउने बाटो पनि सामाजिक परिचालन हो ।
२. सामाजिक परिचालनका तरिकाहरू
२.१. सशक्तिकरण गर्ने (Empowerment) : सशक्तिकरण विना सामाजिक परिचालन सम्भव हुँदैन । शिक्षा, सचेतना, तालीम, सीप विकासका माध्यमबाट मानवीय मूल्यको परिवृद्धि हुनुपर्दछ । साथै Civil education पनि आवश्यक छ नागरिकहरूमा । यसबाट सामाजिक दायित्व र अधिकारको बारेमा नागरिकलाई जानकारी हुन्छ ।
२.२ सहभागिता अभिवृद्धि गर्ने (Participation) : स्थानीय स्तरबाट सञ्चालन हुने आयोजना, कार्यक्रम तथा योजनाको तर्जुमा स्तरदेखि नै सामाजिक सहभागिता आवश्यक पर्दछ । विकास निर्माणका कार्यहरूमा श्रमदान गर्ने, सहयोग गर्ने, समर्थन गर्ने कार्यले विकासको लक्ष्य पूरा हुन्छ । सेवा प्रवाहका क्षेत्रमा समेत नागरिक सहभागिता आवश्यक हुन्छ ।
२.३ सामाजिक संलग्नता बढाउने (Promoting Engagements) : सामाजिक कार्यहरू, प्राकृतिक स्रोतको संरक्षण, सामाजिक लाभहरू, अन्य कार्यक्रमहरूमा सामाजिक संलग्नता अभिवृद्धि हुनुपर्छ । साथै स्वरोजगारी सिर्जना, घरेलु उद्यम, व्यवसायिक कृषि क्षेत्रमा संलग्नता बढनु पर्छ । यसैगरी स्थानीय विकासका क्रियाकलाप, सामुदायिक क्षेत्र जस्तो सामुदायिक शिक्षा, वन, स्वास्थ्य जस्ता क्षेत्रमा संलग्नता अभिवृद्धि हुनुपर्दछ ।
२.४. उद्यमीकरण/व्यवसायिक बनाउने (Developing Social Enterprenuership) : सामाजिक उद्यमशीलता आजको आवश्यकता हो । प्रत्येक व्यक्तिलाई आत्मनिर्भर बन्न, रोजगारी बढाउन, उत्पादन वृद्धि गर्न, परनिर्भरता घटाउन व्यवसायिकता र उद्यमशीलता प्रर्वद्धन जरुरी हुन्छ ।
३. सामाजिक परिचालनका क्षेत्र
३.१ प्राकृतिक स्रोतको संरक्षण र वाञ्छित उपयोग : प्राकृतिक स्रोतहरू जस्तै वन जंगलको संरक्षण, खनिज व्यवस्थापन, जडिबुटीको उचित उपयोग, वातावरणीय संरक्षण र सम्वद्र्धनका क्षेत्रमा सामाजिक चासो वा सरोकार, सक्रियता, वकालत आवश्यक हुन्छ । प्राकृतिक सम्पदाको वाञ्छित उपयोग गर्न समुदायिक सहभागिता र एकता आवश्यक देखिन्छ ।
३.२ सार्वजनिक सेवा प्रवाहमा संलग्नता : सार्वजनिक सेवाहरूको आवश्यकता पहिचान, सेवा वितरणका लागि चासो र दबाब सिर्जना, सेवा वितरण कार्यमा संलग्नता सामाजिक परिचालनबाट हुन्छ । कामका लागि खाद्यान्न, घुम्ती सेवाहरूमा सहयोग, खानेपानी, स्वास्थ्य सुविधा यस अन्तर्गत पर्दछन् ।
३.३ विकासात्मक कार्यहरू : विकास योजना, आयोजना र कार्यक्रमहरूको छनौट गर्ने, कार्यान्वयन र लाभ वितरण गर्ने, अनुगमन तथा मूल्यांकन गर्ने कार्यमा सामाजिक रुचि, संलग्नता, सहकार्य आवश्यक हुन्छ । सामाजिक परिचालन विना न त विकासको लागि उपयुक्त वातावरण (Conducive environment) तयार हुन सक्छ न त विकासको लाभ समानुपातिक र सामाजिक ढंगले वितरण हुन नै सक्छ ।
३.४ उद्योग व्यवसाय : सामाजिक परिचालनले उद्योग व्यवसायको विकासमा पनि सघाउ पु¥याउँछ । समाजको गन्तव्य अब औद्योगिक समाज (Industrialized society) तर्फ रूपान्तरित हुन पुगेको छ । उद्योग, व्यापार जस्ता क्षेत्रमा अब समाजको संलग्नता रहनुपर्छ । यसले Social mobilization गराउँछ ।
३.५ शासन प्रणाली : शासन व्यवस्था भनेकै जनताको लागि जनताका प्रतिनिधि मार्फत् सञ्चालन हुन्छ । शासकीय प्रणाली जन परिचालन विना अधुरो र अपूरो रहन्छ । स्थानीय स्तरदेखि नै Democratic exercise हुन सकेन भने लोकतन्त्रको सवलीकरण हुन सक्दैन । त्यसैले समाज शासन व्यवस्थाका लाभ प्राप्त गर्न पनि सचेत रहनुपर्दछ । शासनलाई उचित मार्ग (Right track) मा ल्याउन पनि सामाजिक चासो र सक्रियताले भूमिका खेल्दछ । स्थानीयस्तरको शासनमा नागरिकहरूको प्रत्यक्ष र नजिकको पहूँच हुन्छ । शासनको प्रभावकारिता तब बढ्छ जब नागरिकहरू शासनप्रति सरोकार राख्दछन् । यी सबै कार्य सामाजिक परिचालनबाटै संभव छ ।
४. सामाजिक परिचालनका अभियन्ताहरू (Activators of Social Mobilization)
४.१ राजनीतिक दलहरू : राजनीतिक दलहरू समाज रूपान्तरणका अभियन्ता हुन । समाजलाई सचेत एवम् क्रियाशील बनाउने र सामाजिक नेतृत्व गर्ने माध्यम पनि हुन राजनीतिक दलहरू । जसले समाजलाई सशक्त, प्रतिस्पर्धी तथा लोकतन्त्रप्रति समर्पित बनाउँदछ ।
४.२ नागरिक समाज : नागरिक समाजको मूलभूत उद्देश्य र कार्य नै सामाजिक परिचालन (Social mobilization) हो । समाजका समस्या, चुनौती र मागहरूलाई पूरा गराउन सामाजिक जागरण ल्याउने काम नागरिक समाजले गर्न सक्दछन् ।
४.३ स्थानीय निकायहरू : स्थानीय निकायहरू समाजका वास्तविक तथा नजिकका प्रतिनिधि हुन । समाजको सुख दुःख बुझ्न सक्ने र तिनलाई संबोधन गर्न सक्ने भएकोले समाजको नेतृत्व र परिचालन यी निकायले गर्न सक्दछन् ।


No comments