Listen Nepali Songs

Know New

मानव बेचबिखन (Human Trafficking)

 मानव बेचबिखन (Human Trafficking)

१. अर्थ
आर्थिक वा अन्य कुनै स्वार्थको लागि मानव जीवनलाई निजको इच्छा बेगर प्रयोग गर्नु वा गलत आश्वासन अथवा प्रलोभनमा पार्दै कुनै रोजगार व्यवसायमा लगाउनु वा एक स्थानबाट अर्को स्थानमा पु¥याउनु नै मानव बेचबिखन हो । मानव बेखबिखन (Human Trafficking) लाई संगठित अपराधको रूपमा लिने गरिएको छ । यस अन्तर्गत निम्न कुरा पर्दछन्:
– मानिसलाई कुनै रकम लिई बिक्री गर्नु, दास बनाउनु वा कुनै शोषणयुक्त कार्यमा लगाउनु ।
– मानिसका अंगलाई प्रलोभनमा पारी वा झुक्याई निकाल्नु र बिक्री गर्नु, गराउनु ।
– कुनै काम लगाइदिने आश्वासन वा प्रलोभन दिई मानिसलाई एक ठाउँबाट अर्को ठाउँ पु¥याउनु र पूर्व निर्धारित काम नदिई फरक काम दिलाउनु ।
– कुनै तलब, सुविधा दिने भनी एक ठाउँमा पु¥याउनु पर्ने मानिसलाई अर्कै ठाउँ, स्थानमा पु¥याउनु । काम र तलब समेत फरक पारी मानिसको इच्छा विपरित कार्य गराउनु ।
– यौन शोषण गर्ने गराउने उद्देश्यले कुनै ठाउँ वा काममा लगाउनु, त्यस्तो कार्यमा पठाउनु ।
– Human Trafficking लाई Trade in human organs को रूपमा समेत लिइएको छ । संसारभर ३२० अर्ब डलर बराबरको Human trafficking trade हुने गरेको छ । (Haken, Jeremy Transnational Crime in Developing world)
२. मानव बेखबिखनका रूप
(क) बाँधा बनाउने (Bonded labour) : कुनै व्यक्तिलाई प्रचलनको नाममा वाध्यतामा पारी वा सीमित पारिश्रमिक दिई वा नदिई निजी कामदार बनाउने प्रचलन रहेको थियो । संवैधानिक र कानूनी रूपमा हाल यो हटिसकेको छ ।
(ख) जवर्जस्ती श्रम (Forced labour) : कसैलाई कुनै पारिश्रमिक दिई वा नदिई बाध्य बनाई कुनै काम गराउन पाइदैन । यो पनि Human trafficking अन्तर्गत पर्दछ ।
(ग) बालश्रम (Child labour) : बालबालिकालाई श्रम गराई वा जोखिमपूर्ण कुनै काममा लगाउन पाइदैन । ILO र UN Protocal on human trafficking ले यसलाई अवैध घोषणा गरेको छ ।
(घ) यौन शोषण/बिक्री (Sexual exploitation/trafficking) : कसैलाई यौन शोषण गर्न वा सो उद्देश्यले मानिसलाई बिक्री गर्नु Human trafficking अन्तर्गत पर्दछ ।
(ङ) मानव अङ्गको व्यापार (Trade of tissue) : मानव अङ्ग जस्तो: मृगौला, कलेजोको भाग वा अन्य शारीरिक अंग बेच्नु वा बेच्न लगाउनु हुँदैन । यो पनि मानव बेचबिखन हो ।
(च) मानव शरीर बिक्री (Sale of human body) : मानिसलाई कुनै काममा लगाउन, शोषण गर्न वा कुनै कार्यका लागि पनि बिक्री गर्न मिल्दैन । संसारमा यो प्रवृत्ति पनि छ जुन मानव तस्करी अन्तर्गत पर्दछ ।
(छ) जालसाजीपूर्वक काममा लगाउनु वा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनु (Transfer to the person from one place to another with fraud) : कुनै व्यक्तिलाई प्रलोभनमा पारी, फकाई वा कुनै पनि तरिकाबाट एक ठाउँबाट अर्को ठाउँमा लैजाने र निर्धारित ज्याला, तलब नदिने, एक स्थानमा पठाउने वा लैजाने भनी झुक्याई अर्को स्थानमा लैजाने, एउटा प्रकृतिको काम भन्ने तर अर्को प्रकृतिको काममा जालसाजीपूर्वक ढंगबाट लगाउनु पनि मानव बेचबिखन (Human trafficking) अन्तर्गत पर्दछ ।
(ज) अपहरण (Kidnapping) : मानिसलाई अपहरण गरी कुनै ठाउँमा बन्धक बनाउनु र माग पूरा गराउन दबाब दिनु मानव बेचबिखन हो ।
३. मानव बेचबिखन (Human Trafficking) रोक्न भएका प्रयासहरू
– मानव बेचबिखन विरुद्धको संयुक्त राष्ट्रसंघीय अभिसन्धि सन् २००३ बाट लागू भएको छ । मानव बेचबिखन विरुद्ध संसारभर लागू हुने कानूनी वन्धनयुक्त दस्तावेज हो यो । सबै राष्ट्रले यसको पालना गर्नुपर्छ । मानव बेचबिखन विरुद्धको अनुसन्धान र सूचना आदान प्रदानमा सहयोग गर्नु सबै सदस्य राष्ट्रको कर्तव्य हुन्छ । १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिकाको रूपमा परिभाषित गरिएको र उनीहरूलाई काममा लगाउन नपाइने कुरा उल्लेख छ ।
– नेपालको संविधानको धारा २९ मा शोषण विरुद्धको हक अन्तर्गत देहायका कुरा उल्लेख गरिएको छ ।
– प्रथा, परम्परा र प्रचलनको नाममा कुनै पनि किसिमले कसैलाई शोषण गर्न पाइने छैन ।
– मानिसलाई बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन ।
– कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।
उल्लिखित विषय मौलिक हकका रूपमा रहकाले यी हक हनन हुनु Human trafficking अन्तर्गत पर्न सक्ने देखिन्छ ।
– कुनै रकम लिई वा प्रलोभनमा पारी वा जबरजस्ती वा इच्छा विपरित कसैको शरीर बिक्री गर्ने गराउने शरीरको अंग बिक्री गर्ने गराउनेलाई कानूनी कारवाही हुने व्यवस्था रहेको छ ।
४. बसाइँसराई र मानव बेचबिखन (Migration and Human Trafficking)
Globalizaton को प्रभाव स्वरूप संसारभर बसाइँसराईको क्रम तिव्र बन्यो । Unlegal migrate गरेकाहरूले तलब ज्याला वा सुविधा नपाउने, Illegal कार्य गर्नुपर्ने वाध्यतामा पनि रहन थाले । स्वदेश फर्कने खर्च र आवश्यक Legal document नभएका कारण कठिनाईमा परेको अवस्था रहेको छ । कैयौं नेपाली कामदारहरू विदेशमा फर्कने खर्च नपाएर, बाध्य भएर काममा लगाइएर कानूनी कागजात नभएर अलपत्र परेको अवस्था समेत छ ।
५. वैदेशिक रोजगार र मानव बेचबिखन (Human Trafficking)
वैदेशिक रोजगारका सिलसिलामा मानव बेचबिखन भएका प्रसस्त उदाहरणहरू छन् । एउटा काम लगाई दिने भनी अर्को काममा पठाउने, गलत काममा पठाई समस्यामा पार्ने, बढी तलब दिने प्रलोभनमा पार्ने, कम तलब दिने, अझ एक देशमा पु¥याउने भनी अर्कै देशमा पु¥याउने प्रवृत्ति रह्यो । नेपालीको सन्दर्भमा पनि यस्ता अनेकौं उदाहरण रहेका छन् ।
६. गरिबी र मानव बेचबिखन (Human Trafficking)
गरिबीकै कारण नेपालमा पनि कतिपय मानिसहरूले मृगौला, कलेजो र शरीरका भाग बिक्री गरेका समाचार आइरहेका छन् । आफ्नै परिवारका सदस्यको शरीरको अंग बिक्री गर्ने, पैसाको लागि रगत बिक्री गर्ने प्रवृत्ति पनि रहेको छ । अति गरिबीको अवस्थाले पनि Human Trafficking बढाएको देखिन्छ ।
७. संस्कार र मानव बेचबिखन (Human Trafficking)
मानिसको इच्छा विपरित कमारा कमारी बनाउने, दास बनाउने, हली बनाउने र मानिसको जीवनको मूल्य (Value of life) लाई निस्तेज बनाउने प्रवृत्ति पनि Human Trafficking अन्तर्गत पर्दछ । यस्ता संस्कारमा सुधार आवश्यक हुन्छ ।
८. मानव बेचबिखन (Human Trafficking) रोक्न गरिनु पर्ने प्रयासहरू
– मानव बेचबिखन (Human Trafficking) संगठित र राष्ट्र विरुद्धको अपराध भएकोले कडा दण्ड व्यवस्थाको खाँचो यसमा रहन्छ ।
– मानव बेचबिखन (Human Trafficking) रोक्न International collaboration आवश्यक हुन्छ ।
– नेपालले पनि International level मा र SAARC मा मानव बेचबिखन निषेध गर्ने प्रतिबद्धता जनाएको छ । यसलाई व्यवहारमा रूपान्तरण आवश्यक हुन्छ ।
– Global level मा Information networking का लागि Intelligence capacity बढाउन आवश्यक हुन्छ ।
– सामाजिक सचेतना अभिवृद्धि गर्नु आवश्यक छ मानव बेचबिखन नियन्त्रणका लागि ।
– Institutional capacity अभिवृद्धि गरी मानव बेचबिखनको सूचना प्राप्त गर्ने, अनुसन्धान गर्ने जनशक्तिको विकास गर्नुपर्दछ ।
मानव बेचबिखन नियन्त्रणमा क–कसको भूमिका हुन्छ ?
– कुनै पनि देशको सरकार र उसको सुरक्षा निकायको :– कानून कार्यान्वयन, सूचना संकलन, अनुसन्धान, कारवाही गर्ने सन्दर्भमा ।
– नागरिक समाजको :– सामाजिक चेतना अभिवृद्धि, Human Trafficking लाई कारवाही गर्न दबाब सिर्जना ।
– समुदाय :– समुदायका प्रत्येक मानिसलाई चेतनशील बनाउने र यस्तो क्रियाकलाप विरुद्ध जनमत Collection गरेर ।
– विश्वव्यापी सरकार :– एक आपसमा सूचना आदान प्रदान गरेर र सहयोग प्रबद्र्धन गरेर ।


No comments