होली
होली
ओइ काली विहानै आउ ल !
माथीकी गोरी पनि आउँछे
हामी मिलेर होली खेल्नुपर्छ
रङ दल्नु पर्छ । नाच्नु पर्छ .
थाहा छ ?
तिमिहरु दुवैजना उस्तै देखिनेछौ त्योबेला
उसको परिवारले तिमिलाई
कालि कलौटी भन्नेछैन
छट्याउने छैन, हेप्ने र गिज्याउने छैन
किनभने तिमिहरु उस्तै उस्तै देखिनेछौ
एउटै एउटै देखिनेछौ
के गर्नु र !
न हावाले न पानीले
न आगोले न माटोले
न घामले न जुनले कसैले छुट्टाएन
कालो, गोरो राम्रो, नराम्रो
जातभात दिनरात
विभेद गर्ने, तिमिलाई काली बनाउने
हेप्ने र बेइज्जत गर्ने, मान्छे हो
जो रातदिन समाजवादका कुरा गर्छ
साम्यवादको कुरा गर्छ ।
![]() |
कविः चित्र सुवेदी |
No comments