Listen Nepali Songs

Know New

गौचरमा अवतरित पहिलो बोनान्जा विमान

 वि.सं. २००६ वैशाख ११ गते काठमाडौंस्थित गौचर हवाई अड्डामा अवतरित यो बोनान्जा बिच विमान काठमाडौंमा अवतरण भएको पहिलो विमान हो।

त्यसअघि १९९० को वैशाखमा सगरमाथा आरोहणका लागि ‘ह्युस्टन आरोहण दल’ले बिहारको पूर्णियाबाट पूर्वी नेपाल हुँदै सगरमाथा क्षेत्रसम्म उडान भरेको थियो । सोही वर्ष माघमा भूकम्प आयो । त्यसबेला देवीदेवता बसेका मन्दिरभन्दा माथिबाट हवाइजहाज उडाएकाले देवता रिसाएर अनिष्ट भई भूकम्प आएको भनी नेपालीहरुले विरोध र असन्तुष्टि जाहेर गरेका थिए।
त्यसपछि लामो समयसम्म नेपाली आकाशमा विमान उडेन। र, २००६ मा तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको आग्रहमा भारतीय राजदूत सरदार सुरजित सिंह मजेठियाका यो विमान अवतरण गराएका थिए। सुरजितका भतिजा दिलिप सिंहले यो विमानका पाइलट थिए, जसको हालै, २०८१ वैशाख ४ गते भारतको उत्तराखण्डस्थित रुद्रपुरमा निधन भएको छ।


No comments